PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

फेसबुकले ल्याउँदै छ 'वर्कप्लेस' को नि:शुल्क भर्सन



पहिलोपोस्ट

फेसबुकले ल्याउँदै छ 'वर्कप्लेस' को नि:शुल्क भर्सन

सामाजिक सञ्जाल फेसबुकले आफ्नो व्यावसायिक प्लेटफर्म 'वर्कप्लेस' को फ्री भर्सन चाँडै ल्याउने घोषणा गरेको छ। वर्कप्लेस फेसबुकको व्यवसायिक मेसेजिङ सेवा हो। वर्कप्लेसको प्रयोग कारोबार जगतमा एक निश्चित समूहभित्र च्याट गर्न तथा फाइल सेयर गर्नको लागि हुन्छ। 

फर्चुनको रिपोर्ट अनुसार, फेसबुकले पछिल्लो वर्ष वर्कप्लेसको पेड भर्सन ल्याएको थियो। र पछिल्लो हप्ता यसको फ्री भर्सनको घोषणा गरेको हो।

'यस फ्री स्टेन्डर्ड भर्सनमा कुनै एक व्यक्तिले दोश्रो व्यक्तिसँग अथवा कुनै समूहभित्र भिडियो कलिङ, भ्वाइस कलिङको उपयोग गर्न सक्छन्। भिडियो स्ट्रिम गर्न सक्छन् र एप्पल iOS अथवा एन्ड्रोइड डिभाइसका माध्यमबाट कसैसँग च्याट गर्न सक्छन्।' फर्चुनको रिपोर्टमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell