PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

जर्मनविङ्सको १ सय ४२ यात्रु बोकेको एअर बस दुर्घटना



जर्मनविङ्सको १ सय ४२ यात्रु बोकेको एअर बस दुर्घटना

एजेन्सी:  स्पेनको बार्सिलोनाबाट जर्मनको डुसेलडर्फ जाँदै गरेको जर्मनविङ्सको एअरबस ए ३२० विमान दुर्घटना भएको छ। विमानमा १ सय ४२ जना यात्रु र ६ जना क्रु सदस्य रहेको रिपोर्टमा जनाइएको छ।

फ्रेन्च टेलिभिजनले जनाएअनुसार विमान जर्मनको लुफ्थान्सा एअरलाइन्सको लो-कोस्ट एअरलाइन्स हो। यो विमान लुफ्थान्सा एअलाइन्सको सब्सिडियरी कम्पनी रहेको जनाएको छ।
 

४ यु ९५२५ कल साइन भएको विमान फ्रान्सको दक्षिणी हिमाली क्षेत्रमा दुर्घटना भएको जनाइएको छ। फ्रान्सको समाचार संस्था एएफपीले फ्रान्सको सुरक्षा स्रोतलाई उद्धृत गर्दै समाचार प्रसारण गरेको छ। तर ऐअरलाइन्सले अझै पनि विमान दुर्घटना भएको पुष्टि गरेका छैनन्। जर्मनविङ्स एअरलाइन्सले दुर्घटनाको रिपोर्ट मिडियामा आइरहेपनि आफूले त्यस्तो ठोस जानकारी नपाएको जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell