PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

डाक्टर गोविन्द केसीका १० माग, अख्तियार प्रमुखदेखि अदालतको फैसलालाई च्यालेन्ज



डाक्टर गोविन्द केसीका १० माग, अख्तियार प्रमुखदेखि अदालतको फैसलालाई च्यालेन्ज
फोटो : अंगद ढकाल

  • पहिलोपोस्ट-
काठमाडौं : डाक्टर गोविन्द केसी पाँचौँ पटक आमरण अनसनमा छन्। 'चिकित्सा शिक्षाको गुणस्तर' तथा 'आम मानिसको पहुँचको स्वास्थ्य सेवा' का लागि भन्दै केसी अनसनमा बसेका हुन्।

विगतका आन्दोलनमा आफूसँग भएका सहमति सरकारले पुरा नगरेको भन्दै केसी काठमाडौंस्थित शिक्षण अस्पतालमा रहेको आफ्नै कार्यकक्षमा अनसन छन्।

डाक्टर केसी आन्दोलनमा बसेको भवन बाहिर उनका माग टाँसिएका छन्। अस्पताल जानेहरु र उनको समर्थनमा त्यहाँ पुगेका मान्छेहरु  भित्तामा टाँसिएका माग पढ्छन्। केसी सुतिरेहेको बेडमाथि टाँसिएको फ्लेक्समा पनि उनका माग टाँसिएका छन्।

के हुन् त डाक्टर केसीका दस माग?

  • विगतका प्रतिबद्धता र सम्झौता विरुद्ध चिकित्सा शिक्षा नीति र चिकित्सा विश्वविद्यालयको निर्माण हुनुअघि नै नयाँ सम्बन्धन दिन मिल्ने गरि प्रधानमन्त्रीले शिक्षा मन्त्रीलाई, शिक्षा मन्त्रीले त्रिविलाई र त्रिविले आइओएमलाई चिठी लेखिएकोमा ती तीनवटै चिठी लेख्ने निर्णय तुरुन्त रद्द गरी नयाँ नीति र विश्वविद्यालय निर्माण नहुन्जेल कुनै पनि नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने राज्यको विगतदेखिको नीतिलाई तुरुन्त कार्यन्वयन गरियोस्। साथै संविधान निर्माणको काम छाडेर निहित स्वार्थका लागि संविधानसभा नै अवरुद्ध गर्ने धम्की दिई सरकारलाई गैह्र कानुनी कामका लागि अवाञ्छित दबाब दिने सभासद्हरुलाई कारबाही गर्दै मेडिकल कलेज सम्बन्धन सम्बन्धी संसदीय समितिले दिएको गलत र बदनीतपूर्ण सुझाव बदर गरियोस्।
  •  
  •  विगतदेखि निरन्तर मेडिकल कलेज सम्बन्धन लगायतका प्रकरणमा अनियमितता तथा भ्रष्ट गतिविधिमा संलग्न भएका त्रिवि पदाधिकारीहरुले विगतको सहमति बमोजिम आइओएमलाई स्वायत्तता दिनको बदला पछिल्लो समयमा आइओएम नै टुक्र्याउने दुस्प्रयास गरेकाले उक्त कदम अविलम्ब सच्याउँदै दोषी पदाधिकारीहरुलाई तत्काल पदच्युत गरेर कारबाही गरियोस्। साथै भ्रष्ट्राचार र चरम अनियमिततामा संलग्न भएको भनेर सरकारले गठन गरेको उच्चस्तरीय समितिले तोकेरै भनेका आइओएमका भ्रष्ट पूर्वपदाधिकारीहरुलाई पनि तत्काल कारबाही गरियोस्। विगतमा आइओएमलाई बाइपास गरेर फ्याकल्टी बोर्डको निर्णय विरुद्ध अनुगमनमा जाने र पूर्वाधार पुग्यो भनेर फर्जी रिपोर्ट दिने व्यक्तिहरु माथि पनि तुरुन्त छानबिन र कारबाही होस्।
  • विगतका सहमति बमोजिम चिकित्सा विश्वविद्यालय सम्भाव्यता अध्ययन समिति र चिकित्सा शिक्षा राष्ट्रिय मापदण्ड निर्धारण समितिले प्रतिवेदन बुझाइसकेको तथा उक्त दुवै प्रतिवेदनहरु कार्यान्वयन गर्ने मन्त्रीमण्डलस्तरीय निर्णय भइसकेकाले उक्त निर्णय तत्काल कार्यान्वयन गरियोस्।
  • राष्ट्रिय चिकित्सा तथा स्वास्थ्य शिक्षा नीति (चिकित्सालगायत नर्सिङ, पब्लिक हेल्थ र प्यरामेडिकल कोर्सहरुलाई) समेट्ने गरी निर्माणका लागि समिति बनिसकेकाले उक्त समितिले रिपोर्ट बुझाउनसाथ त्यसलाई तत्काल कार्यन्यन गर्दै स्वास्थ्य क्षेत्रका सबै कोर्सहरुको गुणस्तर सुनिश्चित गरियोस्।

 
  • विगतका सहमति तथा मन्त्रीमण्डलकै निर्णय विपरित केयुले हालै दुई मेडिकले कलेजलाई सम्बन्धन दिएकाले त्यसका लागि जिम्मेवार केयुका पदाधिकारीहरुलाई कारबाही गर्दै नयाँ चिकित्सा नीति नबनाउँदासम्म उक्त सम्बन्धन रोकियोस्। साथै उक्त सम्बन्धन प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखले आफ्नो अख्तियारी दुरुपयोग गर्दै सम्बन्धनका लागि अवाञ्छित दबाब दिएको भन्ने आरोप लागेकाले उक्त आरोपबारे छानविन गरियोस् र त्यस्तो दबाब दिइएको पाइएमा अख्तियार प्रमुख पनि कानुन बमोजिम कारबाही गरियोस्। साथै अख्तियारले साना भ्रष्टहरुलाई कारबाही गर्ने तर ठूला भ्रष्टलाई नछुने गर्दा चरम दण्डहीनता श्रृजना भएकाले त्यस विषयमा पनि छानबिन र कारबाही गरियोस्। साथै पटक पटक राज्यले गरेका सम्झौता उल्लंघन गर्ने शिक्षामन्त्री माथि पनि उचित कारबाही गरियोस्।
  • देशमा कायम निजी मेडिकल कलेजहरुको गुणस्तर कायम राख्न मेडिकल काउन्सिल तथा दुवै विश्ववद्यालय उत्तिकै उदासिन हुँदा भद्रगोल स्थिति छ। यो अवस्थामा अनुगमनपछि सन्तोषजनक नपाइएका कलेजमा सिट घटाउनुको सट्टा झन् बढाइएकाले किन त्यो अवस्था आयो, त्यसको तुरुन्त छानबिन गरेर काउन्सिल र विश्वविद्यालयले साँठगाँठ गरेर गुणस्तरमा सम्झौता गरेको पाइएमा दोषीहरुलाई तत्काल कारबाही गरियोस्।
  • काउन्सिल र विश्विद्यालयले दिने विशुद्ध प्राविधिक निर्णयहरुमा बारम्बार अवाञ्छित हस्तक्षेप गर्दै गुणस्तर नपुगेका कलेजहरुमा सिट घटाउन नमिल्ने तथा अनिवार्य प्रवेश परिक्षामै नबसेका वा फेल भएका विद्यार्थीहरुलाई पढाउन पाउने भन्ने फैसला गरेर निरपेक्ष दण्डहीनताको अवस्था श्रृजना गरेकाले त्यस्ता फैसलाहरुबारे कानुन बमोजिम छानबिन गरेर कारबाही गरियोस्।
  • त्रिवि, आइओएम, न्याम्स लगायतका नेतृत्वदायी र नियामक संस्थाहरुमा पदाधिकारीहरु नियुक्त गर्दा दलीय बफादारीको आधारमा नभएर वरिष्टता र कार्यक्षमताको आधारमा नियुक्त गर्ने व्यवस्था गरियोस्। नेपाल मेडिकल काउन्सिलले अनुगमन र अध्ययन विनै नयाँ मेडिकल कलेज खोल्न दिने सम्बन्धि सकरात्मक राय दिएकाले भ्रष्ट्राचार प्रमाणित भइसकेका र दलीय बफादारीका कारण नियुक्त भएका काउन्सिल अध्यक्ष लगायतका पदाधिकारीहरुलाई तुरुन्त बर्खास्त गरियोस् । साथै काउन्सिल नेतृत्वमा वरिष्ठ र स्वच्छ छवि भएका चिकित्सकहरुलाई ल्याउने व्यवस्था गर्न हाल कायम नियम कानुनमा त्यस अनुसारको सुधार गरियोस्।
  • आम मानिसका लागि सर्वसुलभ स्वास्थ्य सेवा पुर्‍याउने जिम्मेवारी राज्यको भएकाले त्यसका लागि दीर्घकालीन नीति लिएर कार्यान्वयन सुरु गरियोस्। त्यस प्रयोजनका लागि चिकित्सा तथा नर्सिङ र प्यारामेडिकल कोर्सहरुमा विद्यार्थीलाई निःशुल्क वा न्युनतम शुल्कमा पढाउने व्यवस्था गरियोस्। चिकित्सा स्नातकोत्तर र सो भन्दा माथिका तहलाई तत्काल पूर्ण निःशुल्क गरियोस्।
  • ग्रामीण क्षेत्रमा सरकारी पहलमा मेडिकल कलेज खोल्ने सम्झौता भएकोमा तुरुन्त उक्त सम्झौता कार्यान्वयन गरियोस्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell