PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

धौलागिरिमा नेपाल टेलिकमको ‘थ्रिजी’ सेवा थप विस्तार



पहिलोपोस्ट

धौलागिरिमा नेपाल टेलिकमको ‘थ्रिजी’ सेवा थप विस्तार

बागलुङ : धौलागिरि क्षेत्रमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा विस्तारको काम अघि बढेको छ। 

हाल रहेको २१ ठाउँको सेवालाई बढाएर ७३ पु¥याइने नेपाल टेलिकम बागलुङले जनाएको छ। आउँदो वैशाख दोस्रो सातासम्म बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका ५२ नयाँ ठाउँबाट ‘थ्रिजी’ सेवा दिइने कार्यालयका वरिष्ठ इन्जिनियर केशव शर्माले बताए। 

सेवा विस्तारसँगै बागलुङमा मात्र ३२ ठाउँबाट ‘थ्रिजी’ सेवा चल्नेछ। यसअघि यहाँ जम्मा नौ स्थानमा ‘थ्रिजी’ सेवा सञ्चालित थियो। सेवा विस्तारले चारै जिल्लाका अधिकांश भू–भागमा ‘थ्रिजी’ को पहुँच पुग्ने जनाइएको छ। हाल रहेको ‘टुजी’ सेवालाई पनि स्तरोन्नति गर्ने योजनामा नेपाल टेलिकम लागिपरेको छ। 

‘थ्रिजी’ प्रविधिमार्फत ‘भियोडी’, ‘भिडियो÷भ्वाइस च्याट’, तीव्र गतिको इन्टरनेट ‘सर्फिङ’ लगायतका सेवा उपभोक्ताले पाइरहेका छन्। 
टेलिकमले विभिन्न सुविधायुक्त ‘डाटा प्याकेज’ पनि ल्याएको छ। ‘थ्रिजी’ प्रयोकर्ताले एक ‘जिबी’ डाटा लिन रु ५०० मात्र खर्चे पुग्नेछ, जुन एक महिना अवधिको हुन्छ। यस्तै, पाँच ‘जिवी’ लिँदा रु एक हजार ८०० लाग्ने र त्यसले तीन महिनासम्म असीमित सेवा लिन सकिने जनाइएको छ। 

यस्तै, मुस्ताङ जिल्लाको जोमसोम र खैसाङमा गत वर्ष देखिनै ‘थ्रिजी’ सेवा सुचारु छ। अब ५२ स्थानमा थप हुने सेवाले चारै जिल्लाका सदरमुकाम, मुख्य बजार क्षेत्र र अधिकांश जनसङ्ख्याले बसोबास गर्ने ठाउँमा ‘थ्रिजी’ सेवा पुग्ने जनाइएको छ। सरकारले देशका केही ठाउँमा ‘फोरजी’ सेवा सञ्चालनमा ल्याए पनि धैलागिरिमा सुरु हुन थप एक वर्ष लाग्ने बताइएको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell