PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आलोकको यात्रा उपन्यास 'अरुण एक्सप्रेस'माथि अन्तरक्रिया



पहिलोपोस्ट

आलोकको यात्रा उपन्यास 'अरुण एक्सप्रेस'माथि अन्तरक्रिया

काठमाडौं : पवन आलोकको यात्रा उपन्यास 'अरुण एक्सप्रेस'माथि अन्तरक्रिया गरिएको छ।

नेपाल स्रष्टा समाजले आइतबार राजधानीमा गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभू घिमिरेले विविध विधामा कलम चलाए पनि आलोकको लेखन वैशिष्ट्य अरुण एक्सप्रेसमा विशेष रुपमा झल्किएको बताए।

वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले नेपाली साहित्यमा यात्रा उपन्यासमा एउटा नयाँ विधाको कृति आएकाले यसले महत्व राख्ने भनाइ राखे।

प्राध्यापक डा. गोविन्दमान सिंह कार्कीले पूर्वी पहाडको जनजीवन र सामाजिक परिवेशको यथार्थ चित्रण पनि सजीव रुपमा उतारिएकाले यो उपन्यास नेपाली साहित्यका लागि उपलब्धि भएको बताए।

लेखक आलोकले चीन, हङकङ, फिलिपिन्स, थाइल्याण्ड, सिंगापुर, पाकिस्तान र श्रीलंका सात वटा देशको यात्रामा पात्रले गरेका पृथक अनुभूतिहरुलाई उपन्यासमा यात्राको माध्यमबाट व्यक्त गरेको सुनाए।

समीक्षाक प्राडा कृष्णप्रसाद दाहालले सुन्दर भाषाशैलीमा लेखिएको यो उपन्यास फरक स्वादको भएकाले पठनीय रहेको धारणा राखे।

समालोचक महेश पौड्यालले नेपाली यात्रा उपन्यासमा तात्विक हिसाबले पहिलो भएको बताए।

कार्यक्रममा आलोककै निबन्ध कृति ‘केही सम्झना केही सिर्जना’ र समाजको अर्धवार्षिक प्रकाशन स्रष्टा दर्पणको २२ औं अंक पनि विमोचन गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell