PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

​प्रचण्ड चार दिने चीन भ्रमणमा, भन्छन्- संघीयतामा सत्तापक्ष लचक भए सहमति टाढा छैन



​प्रचण्ड चार दिने चीन भ्रमणमा, भन्छन्- संघीयतामा सत्तापक्ष लचक भए सहमति टाढा छैन
फोटोः कुमार श्रेष्ठ/रासस

काठमाडौं : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव कृष्णबहादुर महरा चीन प्रस्थान गरेका छन्।

चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको निम्तोमा सोमबार चीन गएका महरा र प्रचण्डले चार त्यहाँ बिताउनेछन्। प्रचण्ड पत्नी सीता दाहाल पनि सँगै छन्।

उनीहरुलाई एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे। विमानस्थलमा पत्रकारसँग प्रचण्डले शासकीय स्वरुपमा आफूहरुले बाटो खोलेको दाबी गर्दै संघीयतामा कांग्रेस एमाले लगायतक सत्तारुढ दलले बल गर्नुपर्ने बताए।

'शासकीय स्वरुपमा हामीले बाटो खोलेका छौँ, संघीयतामा उहाँहरुले बल गर्नुपर्‍यो', अध्यक्ष प्रचण्डले भने, 'यति गर्न सके सहमति टाढा छैन।'

भ्रमणमा चीन तथा नेपाल र एकीकृत नेकपा माओवादी तथा चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध, दुई देशको राजनीतिक अवस्था र नेपालको संक्रमणकालबारे छलफल हुने प्रचण्डले बताए।

'यहाँको राजनीतिक समस्याको गाँठो हामीले फुकाउने हामीले नै हो', प्रचण्डले भने, 'यसका लागि एक आपासमा सहयोग र सहकार्य सकारात्मक हुन्छ।'

चार दिनको भ्रमणमा पार्टीगत भेटघाट भए पनि सरकारी भेटघाट भने हुने छैन।

केही समयअघि एमाओवादीका नेता डा. बाबुराम भट्टराई भारत भ्रमणमा गएका थिए। त्यतिबेला उनीसँगै गएका महासचिव महरा प्रचण्डको भ्रमणमा पनि सँगै छन्।

'भट्टराई भारत जाने र तपाई चीन जाने भन्ने सल्लाह नै हो?', पत्रकारको प्रश्नमा प्रचण्डले यसलाई 'संयोग' मात्र भने।

'यो तालमेल होइन, संयोग मात्र हो', उनले भने, 'भारत म नै जाने कार्यक्रम थियो। तर फागुन १६ मा ३० दलीय मोर्चाको कार्यक्रम थियो, आफै संयोजक भएकोले जान मिलेन।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell