PahiloPost

Aug 28, 2026 | १२ भदौ २०८३

कांग्रेस नेता शाहको हत्याको विरोधमा काठमाडौँमा प्रदर्शन



पहिलोपोस्ट

कांग्रेस नेता शाहको हत्याको विरोधमा काठमाडौँमा प्रदर्शन

काठमाडौँ : भेरीमालिका–३, जाजरकोटका काँग्रेसका युवा नेता रवीन्द्र शाहको हत्याको विरोधमा नेविसंघले काठमाडौंमा प्रदर्शन गरेको छ।

घण्टाघरस्थित त्रिचन्द्र कलेज अगाडि आज नेविसंघ नेता कार्यकर्ताले प्रदर्शन गरेका हुन्। बुधबार बिहान बसेको नेविसंघको आकस्मिक बैठकले शाहको हत्याको विरोधमा प्रर्दशन गर्ने निर्णय गरेको हो।


मंगलबार राति शाहको जिल्ला सदरमुकामस्थित अस्पताल नजिकै पाँच/छ जनाको समूहले ढुङ्गा, मुडा प्रहार गरी हत्या गरेको थियो। कसले किन हत्या गर्‍यो भन्ने अझैसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell