PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

२०७४ सालमा ८३ दिन सार्वजनिक विदा, हेर्नुस् राजपत्रमा प्रकाशित सूचना

२०७४ सालमा ८३ दिन सार्वजनिक विदा, हेर्नुस् राजपत्रमा प्रकाशित सूचना


काठमाडौँ : नेपाल सरकारले विक्रम संवत् २०७४ सालमा ८३ दिन सार्वजनिक विदा दिने भएको छ। सरकारले चैत १५ गते राजपत्रमा सूचना प्रकाशित गरी विदा तोकेको हो।

शनिबारको साप्ताहिक विदासहित दशैँ, तिहार, दिवस र जन्मजयन्तीसमेत गन्दा विदाको संख्या ८३ पुगेको हो। यसमा समुदाय विशेष र स्थान विशेषमा हुने विदा समावेश छैन।

आगामी वर्ष ५२ दिन शनिबार परेको छ। त्यसैगरी पर्व विदा १३ दिन रहेको छ। तमु ल्होसार आगामी वर्ष शनिबार परेको छ भने क्रिसमसमा इसाई धर्मावलम्बीलाई मात्र विदा भनिएको छ। यो वर्ष पनि क्रिसमसमा इसाई धर्मावलम्बीलाई मात्र विदा दिने भनिए पनि एक दिन अघि गृह मन्त्रालयले सूचना जारी गरी सबैलाई विदा दिएको थियो।  

दशैँमा आठ दिन विदा रहेकोमा एक दिन शनिबार परेको छ। तिहारमा तीन दिन विदा रहेकोमा भाइटीका शनिबार परेको छ।

त्यसैगरी ६ दिन दिवस विदा रहेको छ। फागुन ७ गते राष्ट्रिय एकता दिवसमा विदा दिने सम्बन्धमा चर्चा भए पनि राजपत्रमा यो दिन विदा तोकिएको छैन। जन्मजयन्ती विदा भने तीन दिन रहेको छ।

हेर्नुस् राजपत्रमा प्रकाशित सूचना जस्ताको तस्तै


 



ट्रेन्डिङ पोस्ट

Ncell