PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

चीनबाट फर्किए प्रधानमन्त्री, भने : विश्वास र समझदारी थप सुदृढ



पहिलोपोस्ट

चीनबाट फर्किए प्रधानमन्त्री, भने : विश्वास र समझदारी थप सुदृढ

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणबाट दुई देशबीचको विश्वास र समझदारी थप सुदृढ भएको बताएका छन्। चीनबाट फर्किएका प्रचण्डले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो भ्रमणको उद्देश्य नै सम्बन्ध सुदृढ बनाउनु रहेको स्पष्ट गरे। 

बोआओ फोरममा सहभागी हुन चीन प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्डले बेइजिङ पुगेर उच्चस्तरीय भेटवार्ता गरेका थिए। चिनियाँ राष्ट्रपतिसँग भएको भेटबाट आपसी सम्बन्ध दरिलो भएको उनको भनाइ थियो। 

दुवै देशले नेपालमा रहेको अवसर र सम्भावनाको भरपूर उपयोग गरी आपसी सम्बन्धमा दरिलो बनाउने  र विद्यमान सम्बन्ध विस्तार र मजबुत बनाउन दुवै देश सहमत भएको उनले बताए। 


उनले नेपालका राष्ट्रपतिका तर्फबाट चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्ताको स्मरण गराएको बताए। भेटमा सीले आफ्नो छिट्टै नेपाल भ्रमणमा आउने बताएको उनले उल्लेख गरे। प्रचण्डले आफूले दुवै देशका उच्च राजनीतिक तह, सांसद र सरकारी तह र राजनीतिक दलका प्रतिनिधिको भ्रमणबाट थप सुदृढ सम्बन्ध बनाउनु पर्ने धारण राखेको बताए। 

चिनियाँ राष्ट्रपतिले अगाडि सारेको 'वान बेल्ट वान रोड' परियोजनामा सहभागी हुने प्रतिबद्धता आफूले व्यक्त गरेको प्रचण्डले बताए। परियोजनाबाट नेपालले रेल, सडक, ट्रान्समिसन लाइनको विकास हुने उनले उल्लेख गरे। 

प्रचण्डले रेल मार्ग निर्माणका विषयमा समेत छलफल गरेको बताए। 'रेल मार्गको निर्माणलाई महत्वका साथ राखेको छु', उनले भने, 'निरन्तर सम्पर्कमा रहेर कार्यप्रणाली बनाउने सहमति भएको छ।' 

भ्रमणले भौतिक पूर्वाधार, पर्यटन र नेपालमा लगानीमा थप सहयोग बढाउने आधारशिला तयार भएको उनको दाबी छ। प्रचण्डले चीन सरकारबाट भ्रमणका क्रममा न्यानो आतिथ्यता र सदायशयता प्राप्त गरेको उल्लेख गरे। उनी गत १० चीन प्रस्थान गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell