PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

फेसबुक म्यासेन्जरमा लोकेशन जानकारी दिने सुविधा थप, कहाँ हुनुहुन्छ? सोध्न नपर्ने



पहिलोपोस्ट

फेसबुक म्यासेन्जरमा लोकेशन जानकारी दिने सुविधा थप, कहाँ हुनुहुन्छ? सोध्न नपर्ने

लण्डन : फेसबुकले म्यासेन्जरको माध्यमबाट आफ्ना प्रयोगकर्तालार्इ लोकेशनको जानकारी दिने सुविधा थप गरेको छ।

फेसबुकले सोमबारबाट यो सुविधा ल्याएको हो। गुगल म्यापको सहायताले एप्पल र अल्फाबेटले यो सुविधा दिइरहेको छ। फेसबुकले म्यासेन्जरमार्फत एक घण्टा भन्दा बढी यो सुविधा उपयोग गर्न मिल्ने व्यवस्था मिलाएको छ।

फेसबुक म्यासेन्जरका प्रडक्ट हेड स्टान चुड्नोभस्कीका अनुसार म्यासेन्जर स्थानकाबारे धेरै प्रश्न सोधिएकोले सुविधा थपिएको बताए। म्यासेन्जरमा साथी वा परिवारसँग कुरा गर्दा कति टाढा छौ भन्ने प्रश्न धेरै सोधिएको हामीले जानकारी पायौँ उनले भने, हामीले जनताले सोधेको विषयलार्इ सम्बोधनको प्रयास गरेका हौं।

लोकेशन शेयरलार्इ ऐच्छिक राखिएको छ। यसलार्इ लाइभ गर्न मिल्छ। यो शेयर गरेको एक घण्टासम्म साथी वा परिवारले हेर्न सक्ने सुविधा फेसबुकले ल्याएको हो। म्यासेन्जर फेसबुकको सबैभन्दा महत्वपूर्ण एप हो।

यो एपलार्इ फेसबुकले सन् २०१४ मा छुट्टै कम्पनीको रुपमा स्थापना गरेको हो। छुट्टै कम्पनी स्थापना गरेर कम्पनीले ठूलो लगानी गरेर अरु भन्दा भिन्न रुपमा सामाजिक संजालमा जोडिरहेको छ। गुगल म्यापले गत साता यस्तै प्रकृतिको सुविधा थप्ने घोषणा गरेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell