PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

बोरामा पोको पारेर फालिएको शव वीरगन्जकी अहेबको भएको पुष्टि



राधेश्याम पटेल

बोरामा पोको पारेर फालिएको शव वीरगन्जकी अहेबको भएको पुष्टि

वीरगन्ज : चैत १३ गते बेवारिसे अवस्थामा बाराको प्रसौनी–८ सिङ्याही खोला किनारमा फेला परेको शव पर्साकी अहेब बबिता पण्डितको भएको खुलेको छ। 

प्रहरीका अनुसार जिल्ला जनस्वास्थय कार्यालय पर्सा मातहत खटाइएकी अहेब पण्डितको हत्या भएको खुलेको हो। उनी वीरगन्ज –२५ रामगढवा स्वास्थ्य चौकीमा कार्यरत थिइन्। 

प्रहरीका अनुसार उनको उमेर अन्दाजी २५/२६ वर्षको छ भने उनी विवाहित हुन्। 

गत शुक्रबार कार्यालय गए पनि उनी आइतबार कार्यालय नपुगेपछि स्थानीयले शंका व्यक्त गरेका थिए। स्थानीयको शंका लागेर शव पहिचान गर्दा निजकै पहिचान खुलेको पर्साकी प्रशासन अधिकृत सुमित्रा लामाले बताइन्।

अहेब पण्डितको पोस्टमार्टमबाट घाँटी थिचेर हत्या गरेको खुलेको थियो। वीरगन्जबाट ४ किलोमिटर पश्चिममा उनको कार्यालय छ। पण्डित वीरगन्ज –१८ भिस्वामा बस्दै आएकी थिइन्। सर्लाही सिसौरिया स्थायी ठेगाना भएकी पण्डितको श्रीमान् सर्लाहीमै शिक्षक छन्। 

हत्याको कारण स्पष्ट भइनसकेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार : महिलाको रहस्यमय हत्या, बोरामा पोको पारेर खोलाकिनारमा फालियो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell