PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

फोटो पत्रकार लक्षित गर्दै पेट्रोल बम हानिएको भन्दै पिजे क्लबद्वारा भत्सर्ना



फोटो पत्रकार लक्षित गर्दै पेट्रोल बम हानिएको भन्दै पिजे क्लबद्वारा भत्सर्ना

काठमाडौँ : राजधानीको रत्नराज्यलक्ष्मी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको क्रममा मंगलबार फोटो खिच्दै गरेका फोटोपत्रकार क्लब नेपालका महासचिव तथा अनलाइनखबरका फोटोपत्रकार श्रीधर पौडेल र क्लबकै सदस्य तथा कान्तिपुर दैनिकका फोटोपत्रकार केशव थापा माथि लक्षित गरी केही अराजक समूहले मंगलबार पेट्रोल बम प्रहार गरेको भन्दै फोटोपत्रकार क्लबले भत्सर्ना गरेको छ।

क्लबका प्रवक्ता दीपक गाउँलेद्वारा जारी विज्ञप्तिमा ढुंगा प्रहारको फोटो सञ्चार माध्यममा प्रकाशित भएपछि उनीहरुले फोटो पत्रकारलाई लक्षित गरेर पेट्रोल बम प्रहार गर्नु जनताको सूचना पाउने अधिकार समेत वन्चित गर्न खोजिएको फोटोपत्रकार क्लबको  बुझाइ रहेको उल्लेख छ।
 
पेट्रोब बम प्रहार गर्ने जो कोही भएपनि  छानबिन गरी उसलाई कानूनको दायरमा ल्याइ कारबाही गर्न  फोटोपत्रकार क्लबले सरकारसँग माग गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell