PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

आज नेपालले फिलिपिन्सविरुद्ध रिजाल स्टेडियममा खेल्दै, कसरी रह्यो यो नाम?



आज नेपालले फिलिपिन्सविरुद्ध रिजाल स्टेडियममा खेल्दै, कसरी रह्यो यो नाम?

काठमाडौँ : सन् २०१९ मा युएइमा हुने एएफसी एसियन कपको अन्तिम चरणको छनोटअन्तर्गत समूह 'एफ'को खेलमा आज नेपाल र फिलिपिन्स भिड्दैछन्। आज नेपाली समय अनुसार बेलुकी पौने ६ बजे रिजाल मेमोरियल स्टेडियममा घरेलु टोलीसँग नेपालले खेल्दैछ। 

खेल हुन लागेको रंगशालाको नाममा 'रिजाल' सुन्दा नेपाली थरसँग मिल्दोजुल्दो भएकोले नेपालीहरु झुक्किन सक्छन्। तर 'रिजाल' सित नेपालको कुनै साइनो छैन। 

रिजाल स्टेडियम र स्पोर्टस कम्प्लेक्स फिलिपिन्सका राष्ट्रवादी नेता होजे प्रोटासियो रिजाल मर्काडो अलोन्सो रियलोन्डाको नाममा रहेको हो। उनलाई छोटकरीमा होजे रिजालका रुपमा चिनिन्छ। 

फिलिपिन्स स्पेनको उपनिवेश छँदा उनलाई त्यहाँको औपनिवेशिक सरकारले विद्रोह गरेको भन्दै गोली हानी ३५ वर्षको उमेरमा मृत्युदण्ड दिएको थियो। उनलाई फिलिपिन्समा राष्ट्रनायकका रुपमा लिइन्छ। 

कृत्रिम घाँसे मैदान रहेको यो स्टेडियममा १२ हजारभन्दा बढी दर्शक अटाउँछन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell