PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

फिलिपिन्सविरुद्ध कप्तान विराज पहिलो रोजाइमा परेनन्, कसले गर्ला नेपालको कप्‍तानी?



फिलिपिन्सविरुद्ध कप्तान विराज पहिलो रोजाइमा परेनन्, कसले गर्ला नेपालको कप्‍तानी?

काठमाडौं : एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले आज बेलुका फिलिपिन्ससँग उसैको मैदानमा खेल्दैछ।

नेपालका नियमित कप्तान विराज महर्जनलाई बाहिर राख्दै प्रशिक्षक ग्योतुकु कोजीले नेपालको पहिलो रोजाइ घोषणा गरेका छन्। 
विराजको नेतृत्वमा २० सदस्यीय नेपाली टोली फिलिपिन्स गएको छ।

विराजको अनुपस्थितिमा अब नेपालको कप्तानी कसले गर्ने भनेर भनेर चर्चा सुरु भएको छ।
 
विराजको अनुपस्थितिमा अब फिलिपन्सविरुद्ध नेपालको आर्मब्याण्ड फरवार्ड भरत खवासले सम्हाल्ने सम्भावना रहेको छ। यसअघि अनिल गुरुङ नेपालको कप्तान भएर पहिलो रोजाइमा नपर्दा विराज महर्जनले कप्तानी सम्हाल्दै आएका थिए।  

सन् २००८ मा पाकिस्तानविरुद्धको मैत्रिपूर्ण खेलबाट डेब्यु गरेका विराजले २०१५ मा भारतविरुद्ध खेल्दै ५० औँ खेल पूरा गरेका थिए। 

डिफेण्डर विराजको स्थानमा भने कोजीले कमल श्रेष्ठलाई खेलाउने भएका छन्। यस्तै फरवार्ड कर्ण लिम्बु पनि पहिलो रोजाइमा छैनन्।

सन् २०१९ मा युएइमा हुने एसियन कपका लागि यो अन्तिम चरणको छनोट प्रतियोगिता हो। 

नेपाल रहेको समूह एफ मा फिलिपिन्ससँगै ताजिकिस्तान र यमन पनि छन्। तीनै टोलीसँग नेपालले होम र अवे म्याच खेल्नेछ।

नेपाली टोली
गोलरक्षक : किरण चेम्जोङ 
डिफेण्डर : रविन श्रेष्ठ, आदित्य चौधरी, अनन्त तामाङ, कमल श्रेष्ठ
मिडफिल्डर : रोहित चन्द, विक्रम लामा, सुजल श्रेष्ठ, अन्जल विष्ट 
फरवार्ड : भरत खवास, विमल घर्ती मगर



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell