PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

चिनियाँ राष्ट्रपतिसँगको भेटपछि के भने प्रधानमन्त्री प्रचण्डले?



पहिलोपोस्ट

चिनियाँ राष्ट्रपतिसँगको भेटपछि के भने प्रधानमन्त्री प्रचण्डले?

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन्। बेइजिङ स्थित ग्रेट हल अफ पिपुलमा प्रचण्डले राष्ट्रपति सिसँग भेट गरेका हुन्। भेटमा भएको कुराकानीबारे प्रधानमन्त्री प्रचण्डको प्रतिक्रिया उनको व्यक्तिगत वेवसाइटमा राखिएको छ।

प्रचण्डले भेटपछि - धेरै उत्साहका साथ खुल्ला र स्पष्ट छलफल भएको बताएका छन्। प्रचण्डले भेट 'महत्वपूर्ण र उपलब्धिमूलक रहेको र यस खालको उच्चस्तरीय छलफलले नेपाल चीन सम्बन्धको विकासमा महत्वपूर्ण आयाम थपेको' उल्लेख गरेका छन्।

त्यस्तै भेटबारे प्रधानमन्त्री प्रचण्डको वेबसाइटमा प्रचण्डले - आफूले उठाएका सबै विषयमा राष्ट्रपतिबाट सकारात्मक जवाफ आएको बताएका छन्।

तर उनले के के विषय उनले बैठकमा राखे भन्ने विषयमा भने खुलाइएको छैन।

'छलफल सोचेभन्दा पनि माथि रहेको बताउनुभयो', प्रचण्डको धारणाबारे सिएम प्रचण्ड डट कममा उल्लेख छ, 'नेपालले उठाएका सबै विषयको सकारात्मक सम्बोधन हुनु र अझ राष्ट्रपति आफैले नेपालको राजनीतिक स्थायित्व, विकास, सम्वृद्धिसहित पूर्वाधार विकास, रेल्वे र तातोपानी नाका खोल्ने जस्ता विषयमा चासोका साथ प्रस्तुत गर्नुले छलफल राष्ट्रका लागि धेरै महत्वपूर्ण रहेको प्रधानमन्त्रीको प्रतिक्रिया छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell