PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

इमर्जिङ टिम्स कपमा प्रतिस्पर्धा गर्न नेपाली क्रिकेट टोली बंगलादेश प्रस्थान



इमर्जिङ टिम्स कपमा प्रतिस्पर्धा गर्न नेपाली क्रिकेट टोली बंगलादेश प्रस्थान

काठमाडौं : एसीसी इमर्जिङ टिम्स कपमा प्रतिस्पर्धा गर्न नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार बेलुका बंगलादेश प्रस्थान गरेको छ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाली टोलीमा यसपटक तीन नयाँ खेलाडी छन् भने चार खेलाडीले डेब्यु गर्न बाँकी रहेको छ। 

प्रतियोगिता सोमबारबाट बंगलादेशमा सुरु हुँदैछ। जहाँ नेपालसहित एसियाका टेष्ट खेल्ने चार राष्ट्रका यु-२३ टीम तथा अफगानिस्तान, हङकङ र मलेसयिाको सहभागिता रहनेछ। 

नेपाल आयोजक बंगलादेशसँगै पाकिस्तान र हङकङ रहेको समूह बी मा छ। नेपालले आफ्नो पहिलो खेल सोमबार पाकिस्तानसँग खेल्नेछ।

नियमित कप्तान पारस खड्काको अनुपस्थिती तथा सियिनर खेलाडीहरु बसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी जस्ता सिनियर खेलाडीलाई रेस्ट दिइदा नेपाली टोलीमा यसपटक युवा खेलाडीले स्थान पाएका छन्।

कप्तान ज्ञानेन्द्र मल्ल र प्रशिक्षक जगत टमाटा यस पटक नेपाली टोलीमा युवा खेलाडीहरुले स्थान पाउनु नयाँ शुरुवात भएको बताउँछन्। 
'युवालाई चान्स दिएका छौं, उनीहरुमा जुन पोटेन्सियल छ त्यहि अनुसार नै खेल्नेछ भन्ने आश गरेका छौं।' प्रशिक्षक टमाटाले बंगलादेश जानुअघि भने। 'सिनियर खेलाडीलाई रेस्ट दिएका कारण नयाँले गोल्डेन अवसर पाएका छन्। राम्रो टिमसँग खेल्न पाउनछौं र यसमा आफुलाई प्रमाणित गरेर देखाउने अवसर उनीहरुलाई छ।'

यत्सै कप्तान ज्ञानेन्द्र मल्लले पनि नयाँ खेलाडीलाई अवसर दिनु उनीहरुके पोटेन्सियलको कारण रहेको प्रतिक्रिया दिए। उनले यसरी नै आगामी दिनमा नेपाल टीम तयार गर्ने हो भने बेन्च पनि बलियो हुने र नेपाल ए टिम पनि तयार हुँदै जाने बताए।

यसबाहके बंगलादेशमा खेल्न पाएको अवसरलाई सदुपयोग गर्दै राम्रो नतिजा ल्याउने उनले बताए। 'पाकिस्तान बंगलादेश जस्ता टोलीसँग खेल्न पाएका छौं। हामी त्यस अवसरलाई सदुपयोग गर्नेछौं। मल्लले भने। सकेसम्म खेलाडीहरुलाई बढी एक्सपोजर होस् र नयाँ कुरा सिकोस भन्ने नै हो।'

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाली टोलीमा आसिफ शेख, दीलिपि नाथ र दीपेश श्रेष्ठले पहिलो पटक स्थान बनाएका छन्।

बंगलादेश जाने २० सदस्यी नेपाली टोलीलाई शनिबारै दिउँसो राष्ट्रिय खेलकुदका सदस्यसचिव केशव कुमार विष्टले बिदाई गरे। यस्तै बिदाई कार्यक्रममा क्याप्टेन विजय लामाले खेलाडीहरु शुभकामना दिदै राष्ट्रको नाम सम्झेर खेल्न आग्रह गरे।

नेपाली टोली : ज्ञानेन्द्र मल्ल (कप्तान), शरद भेषवकर (उपकप्तान), विनोद भण्डारी, सागर पुन, अभिनास कर्ण, सुनिल धमला, दीपेन्द्र सिंह ऐरी, मेहबुब आलम, आरिफ शेख, भुवन कार्की, सुशन भारी, आसिफ शेख, दीलिप नाथ, दीपेश श्रेष्ठ
मुख्य प्रशिक्षक : जगत टमाटा
सहायक प्रशिक्षक : महेश रिजाल
अफिसियल : रमन शिवाकोटी, सुरज शाक्य
फिजियो : दिनेश भट्ट

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell