PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

एभिसी सेन्ट्रल जोन भलिबल : नेपालले माल्दिभ्सलाई हरायो



एभिसी सेन्ट्रल जोन भलिबल : नेपालले माल्दिभ्सलाई हरायो

काठमाडौं : तेस्रो एभिसी सेन्ट्रल जोन मेन्स सिनियर भलिबल च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई उसैको घरेलु कोर्टमा पराजित गरेको छ।
च्याम्पियनसिप अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३-१ को सेटमा हराएको हो।

पहिलो खेलमा तुर्कमेनिस्तानसँग सोझो सेटमा पराजित भएको नेपालले दोस्रो खेलमा भने उत्कृष्ट प्रदर्शन गर्यो। 

यसअघि बंगलादेशमा भएको दोस्रो एभिसी सेन्ट्रल जोन मेन्स सिनियर भलिबल च्याम्पियनसिपमा पनि नेपालले माल्दिभसलाई पराजित गरेको थियो।

माल्दिभ्सको मालेमा भइरहेको च्याम्पियनसिप अन्तर्गत नेपालले आफ्नो अन्तिम खेलमा नेपालले सोमबार किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। गत बुधबार देखि सुरु भएको च्याम्पियनसिपमा आयोजक माल्दिभ्स पहिलो खेलमा मिर्गिस्तानसँग पराजित भएको थियो। 

चार राष्ट्रको सहभागिता रहेको च्याम्पिनसिप राउण्ड रोविनको आधारमा खेलाइने छ भने शीर्ष स्थानमा रहने टोली फाइनल प्रवेश गर्नेछ। यस्तै दोस्रो र तेस्रो हुने टोलीबीच फाइनल प्रवेशका लागि प्रतिस्पधा हुनेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell