PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नवलपरासीमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु



पहिलोपोस्ट

नवलपरासी : नवलपरासीको कावासोतीमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। 

नमुना मध्यवर्ती सामुदायिक वनमा घाँस–दाउरा काट्न गएकी कावासोती नगरपालिका–७ रामनगर टोल बस्ने ४७ वर्षीया कुमारीदेवी महतो बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

गत चैत ८ गते घरबाट वनमा घाँस–दाउरा काट्न गएकी महतो दुई दिनसम्म घर नफर्किएपछि उनको खोजी गरिएको थियो। खोजी गर्ने क्रममा महतो वन क्षेत्रमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

शवको प्रकृति हेर्दा महतोलाई गैँडाले आक्रमण गरेकाले मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ। महतो घरदेखि दुई किमीको दूरीमा पर्ने जङ्गलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell