PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

१२ जिल्लाको मतपत्र छापियो, मतपत्र छाप्न रोकिएको खबर गलत : निर्वाचन आयोग



१२ जिल्लाको मतपत्र छापियो, मतपत्र छाप्न रोकिएको खबर गलत : निर्वाचन आयोग

काठमाडौँ : निर्वाचन आयोगले आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्रको छपाइ कार्य जारी रहेको बताएको छ।  

'चैत ६ गतेबाट सुरु भएको मतपत्रको छपाइ कार्य बिहीबार ५ बजेसम्म १२ जिल्लाका मतपत्र छपाइ भइसकेको छ,' आयोगले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ।

'मतपत्रको छपाइ गर्ने कार्य स्थगित भयो भनी केही सञ्चार माध्यमबाट आएको समाचार सत्य नभएको' आयोगले दावी गरेको छ।

निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राखेर आधिकारिक व्यक्तिको भनाइलाई उद्धृत गरेर मात्रै समाचार प्रकाशन/प्रसारण गर्न मिडियाकर्मीहरुलाई आयोगले आग्रह गरेको छ।

नेपाली कांग्रेस, राप्रपा, जनमोर्चा र संघीय समाजवादी पार्टीले स्थानीय तह निर्वाचनका लागि विभिन्न जिल्लामा दल दर्ता गराएका थिएनन्। उनीहरूकै दबाबमा आयोगले सुरु भइसकेको मतपत्र छपाइ कार्य रोकेर दर्ता गर्न छुटेका दलको नाम र चुनाव चिह्न मतपत्रमा समावेश गर्न लागेको समाचार बिहीबार नागरिक दैनिकले प्रकाशित गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell