PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एमाले सांसद दुलारी देवीको निधन, भोलि अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा शव राखिने



एमाले सांसद दुलारी देवीको निधन, भोलि अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा शव राखिने

काठमाडौँ : एमाले सांसद दुलारी देवीको काठमाडौँको बी एन्ड बी अस्पतालमा उपचारका क्रममा निधन भएको छ। 

उनको पार्थिव शरीरलाई भोलि चैत ११ गते बिहान ८ देखि १० बजेसम्म नेकपा एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए। 

उनी एमालेबाट समानुपातिकतर्फ विजयी भएकी सांसद थिइन्। 

गएको चैत ५ गते भारतको सीतामढीमा उनी चढेको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा दुर्घटना भएको थियो। गम्भीर घाइते उनलाई भोलिपल्ट काठमाडौँ ल्याइएको थियो। उपचारका क्रममा उनको खुट्टासमेत काटिएको थियो।

सर्लाही ब्रह्मपुरी निवासी उनका दुई छोरा र दुई छोरी छन्। 
  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell