PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अन्तर्राष्ट्रिय भलिबल : नेपाल पहिलो खेलमा तुर्कमेनिस्तानसित पराजित



अन्तर्राष्ट्रिय भलिबल : नेपाल पहिलो खेलमा तुर्कमेनिस्तानसित पराजित
फोटो : psm sports

काठमाडौँ : माल्दिभ्सको मालेमा भइरहेको एभिसी सेन्ट्रल जोन मेन्स सिनियर भलिबल च्याम्पियनसिपमा नेपाल आफ्नो पहिलो खेलमा पराजित भएको छ। 

नेपाललाई तुर्कमेनिस्तानले २५-२०, २५-१८ र २५-२२ गरी ३-० ले पराजित गरेको हो। नेपालले शुक्रबार आयोजक माल्दिभ्ससित र  किर्गिस्तानसँग सोमबार प्रतिस्पर्धा गर्नेछ। 

नेपालले इम राना मगरको कप्तानीमा प्रतिस्पर्धा गर्दैछ। मार्च २२ देखि ३१ सम्म माल्दिभ्समा हुने च्याम्पियनसिपमा नेपाल र आयोजक माल्दिभ्ससहित तुर्कमिनिस्तान र किर्गिस्तान गरी ४ टोलीको सहभागिता रहने छ।

राउण्ड रोविन लिगका आधारमा हुने खेलपछि शीर्ष स्थानमा रहने टोली फाइनल प्रवेश गर्नेछ भने दोस्रो र तेस्रो हुने फाइनल प्रवेशका लागि खेल्नेछ। यसअघि दुई पटक सेन्ट्रल जाने खेलिसकेको नेपाल दुवै पटक सेमिफाइनल पुगेपनि पदक जित्न भने सकेको छैन।

यसै च्याम्पियनसिपका लागि भनेर नेपालले एक महिना प्रशिक्षण समेत गरेको थियो।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell