PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नयाँ शक्तिदेखि विवेकशील नेपालीसम्मको विरोध, संघर्षमा उत्रन बाध्य हुने चेतावनी



नयाँ शक्तिदेखि विवेकशील नेपालीसम्मको विरोध, संघर्षमा उत्रन बाध्य हुने चेतावनी

काठमाडौँ : बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीदेखि विवेकशील नेपालीसम्मका संसदबाहिर रहेका २४ दलले आफ्नो चुनाव चिह्नसहित स्थानीय निवार्चनमा सहभागी हुन पाउनु पर्ने माग गरेका छन्। 

बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दलहरुले संघर्ष गर्ने चेतावनी दिएका छन्।

'स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २६ को ६ र ७ ले संसदमा रहेका केही दलहरुलाई मात्र निर्वाचन चिह्न दिने र अरु दलहरुलाई निर्वाचन चिह्न नदिई दलीय हैसियतमा चुनावमा भाग लिन नपाउने व्यवस्था गरी संसदमा रहेका दलहरु बाहेकका दलहरुलाई प्रतिबन्ध लगाउने काम गरेको छ, विज्ञप्तिमा अगाडि भनिएको छ- 'बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्था, लोकतन्त्रको मूल मर्म र मान्यताविपरीत दलहरुमाथि प्रतिबन्ध लगाउने विभेदकारी पक्षपातपूर्ण व्यवस्था खारेज गर्न र सबै दललाई आफ्नो पहिचान (चुनाव चिह्न) सहित निर्वाचनमा भाग लिने वातावरण बनाउन सरकार र निर्वाचन आयोग समक्ष माग गर्दछौँ।'

'अन्यथा बहुदलीय व्यवस्थाको रक्षाको लागि संघर्षमा उत्रन बाध्य हुने कुरा समेत स्मरण गराउँछौँ', वक्तव्यमा चेतावनी दिइएको छ। 

के छ ऐनको दफा २६ को ६ र ७ मा?



संयुक्त प्रेस विज्ञप्ति



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell