PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

एसएसबीको गोली प्रहारबाट ज्यान गुमाएका गौतम परिवारलाई माओवादीले दियो ६ लाख



रासस

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) ले केही दिनपहिले कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीको गोली लागी ज्यान गुमाएका सहिद गोविन्द गौतमको परिवारलाई रु ६ लाख सहयोग प्रदान गरेको छ। 

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव र केन्द्रीय कार्यालयको निर्णयअनुसार नै आज कञ्चनपुरमा स्थानीय पार्टी नेतृत्वले सहिद गौतमका श्रीमती लक्ष्मी गौतमलाई राहत रकम प्रदान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

माओवादीले सहिद गौतमका श्रीमती, बुबा, आमा र छोरीलाई साथै राखेर राहत रकम प्रदान गरेको हो। माओवादी केन्द्रका नेता एवम् कृषि विकास मन्त्री गौरीशङ्कर चौधरीले केही दिनअघि कञ्चनपुरमा गौतम परिवारलाई राहत रकम प्रदान गर्ने घोषणा गरेका थिए।

सरकारले गौतमलाई सहिद घोषणा गरिसकेको छ। पुनर्वासमा कल्भर्ट बनाउने विषयमा सामान्य विवाद हुँदा भारतीय सुरक्षाकर्मीबाट गौतमको हत्या भएको थियो। सरकारका तर्फबाट रु १० लाख राहत रकम दिइसकिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell