PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

चीन जानुअघि प्रचण्डलाई पूर्वप्रधानमन्त्री र विज्ञहरुले दिए सुझाव



पहिलोपोस्ट

चीन जानुअघि प्रचण्डलाई पूर्वप्रधानमन्त्री र विज्ञहरुले दिए सुझाव

काठमाडौं : चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री तथा विज्ञहरुले सुझाव दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा विज्ञहरुले नयाँ सम्झौताभन्दा पनि पुराना सम्झौतालाई अघि बढाउन सुझाव दिएका थिए। उनीहरुले अघिल्लो सरकारले गरेका सम्झौता कार्यान्वयनको पहल थाल्न पनि सुझाएका छन्।

सुझाव ग्रहण गर्दै प्रधानमन्त्रीले आफ्नो चीन भ्रमण दुई देशबीचको सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण रहने बताएका छन्। चीन भ्रमणका सन्दर्भमा पूर्वप्रधानमन्त्री र विज्ञहरुको सुझाव ग्रहण गर्दै प्रधानमन्त्रीले बोआओ सम्मेलनमा सहभागी हुन चीन जान लागेको र उच्चस्तरीय भेटघाट र छलफल हुने जानकारी गराए।

आफ्नो चीन भ्रमण मुलतः सद्भावना भ्रमण भएको जानकारी दिँदै उनले यस क्रममा दुई देशबीच विश्वासको वातावरण बढाउने तथा नेपालको हितका विविध बिषयमा छलफल हुने बताए।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल, झलनाथ खनाल, पूर्वमन्त्रीहरु डा.रामशरण महत, रमेशनाथ पाण्डेसहित विज्ञहरु टंक कार्की, राजेश्वर आचार्य, राजेशकाजी श्रेष्ठ, चन्द्र ढकाल, हरिभक्त शर्मा लगायतले आफ्ना सुझाव राखेका थिए।

उनी चीनको हाइनानमा हुने बोआओ फोरमको उद्घाटन समारोहमा भाग लिन आज चीन प्रस्थान गर्दैछन्। एक साता लामो भ्रमणमा उनले राजनीतिक घेटघाट गर्नेछन्। प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई पनि भेट्ने कार्यक्रम छ। तर भ्रमणका दौरान कुनै पनि सहमतिमा हस्ताक्षर हुने कार्यक्रम नरहेको परराष्ट्र मन्त्रालयले स्पस्ट पारिसकेको छ।

प्रधानमन्त्री प्रचण्डसहितको टोली चैत १६ गते स्वदेश फर्कनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell