PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'लप्पन छप्पन' लुट ३ होइन : मुकुन्द भट्ट



पहिलोपोस्ट

'लप्पन छप्पन' लुट ३ होइन : मुकुन्द भट्ट

काठमाडौं: फिल्म लूट र लूट सिक्वेल दुबैमा महत्वको भूमिका निभाए दुई नेपाली अभिनेता सौगात मल्ल र दयाहाङ राईले। फिल्मको विषय पैसाको वरिपरी घुम्छ। र यी दुईले सशक्त प्रस्तुतिका लागि प्रतिकृया पनि बटुले। दुई महिना अघि फिल्म 'लप्पन छप्पन'को ट्रेलर सार्वजनिक भयो। लूट टू प्रदर्शनको चर्चा बिच सार्वजनिक ट्रेलरमा लूटकै दुई मुख्य पात्र सौगात र दयाहाङ। फिल्मको ट्रेलरले प्रस्ट पार्छ यी पात्रहरु पनि लूटमा जस्तै पैसाको पछाडि दौडिएका छन्।

फिल्म लूटको कथाबाट प्रभावित छ त ? भन्ने प्रश्नमा निर्देशक मुकुन्द भट्ट भन्छन्,'घटनाहरु एउटै प्रकृतिका घट्छन् तर कथा एउटै हुँदैन।'

उनले फिल्म लूटबाट आफ्नो फिल्म लप्पनछप्पन प्रभावित नभएको प्रस्ट पार्दै भने,'दयाहाङ राई र सौगात मल्ल कलाकार हुन् चित्त बुझेको हरेक फिल्ममा काम गर्छन् तर लप्पन छप्पनमा उनीहरुको भूमिका अर्को कुनै फिल्ममा जस्तै दोहोरिदैन।'

उनले फिल्मको ट्रेलरमा कथावस्तुको ५ प्रतिशत पनि नसमेटिएको जानकारी दिए। 'त्यसैले ट्रेलर हेरेर फिल्मको पुरै कथा अनुमान गर्नु ठिक होईन', भट्टले प्रेस सम्मेलन बिच भने,'सस्पेन्सले लप्पनछप्पनको मुल कथालाई अन्त्यसम्म दोहोर्‍याउँछ।'

फिल्ममा नकारात्मक भूमिका निभाएका अभिनेता अर्पण थापाले फिल्म फरक भएकै कारण आफूले चुनेको बताए। 'फिल्मका पात्रहरु पैसा होईन धेरै पैसा कमाउन भागदौड गर्छन्', उनले भने।

फिल्मको ७५ प्रतिशत छायाँकन स्विट्जरल्याण्ड, हल्याण्ड, बेल्जियम एवं लक्जमवर्गसहितका देशमा भएको छ भने बाँकी नेपालामा। फिल्म चैत ११ गतेबाट प्रदर्शन हुँदैछ।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, वर्षा शिवाकोटी, प्रकाश जंग शाह, सिड खरेल, देवु श्रेष्ठ, राजु लामा लगाएतका कलाकारहरुको अभिनय रहेको छ।

फिल्मलाई गोल्डेन हिल्स पिक्चर्स र बाशुलीङ फिल्मसको प्रस्तुतीमा डम्बर चन्दले निर्माण गरेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell