PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नक्कली लाइसेन्स बनाउने दुई जना पक्राउ



पहिलोपोस्ट

नक्कली लाइसेन्स बनाउने दुई जना पक्राउ

ललितपुर : उपत्यकामा नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

ललितपुर जिल्ला कार्यविनायक नगरपालिका बस्ने ३८ वर्षीय अनिलकुमार पाख्रिन र २१ वर्षीय गणेशबहादुर गोलेलाई महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको हो।

प्रहरीले उनको साथबाट १५५ वटा नक्कली लाइसेन्स तथा १९० वटा होलोग्राम बरामद गरेको छ। उनीहरुले नक्कली लाइसेन्स बनाएको १ हजारदेखि १० हजारसम्म लिने गरेको पाइएको महानगरीय प्रहरी परिसर ललितपुरका निमित्त प्रमुख एसपी अशोक सिंहले बताए।

२०५५ सालदेखि लेखापढीको काम गरिरहेका पाख्रिनले छ महिनादेखि नक्कली लाइसेन्स बनाउने काम गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। उनीलाई कारबाही अगाडि बढाएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell