PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

घरजग्गा कारोबार : उपत्यकामा तीव्र ओरालो, ४ महिनामा राजस्व ४० प्रतिशत घट्यो



अमर बडुवाल

घरजग्गा कारोबार : उपत्यकामा तीव्र ओरालो, ४ महिनामा राजस्व ४० प्रतिशत घट्यो

काठमाडौं : बैंकहरुले लगानीयोग्य रकम अभावमा कर्जा प्रवाह घटाएसँगै राजधानीको घरजग्गा कारोबारमा ठूलो मन्दी देखिएको छ। कारोबार घटेसँगै राजधानीका मालपोत कार्यालयको राजस्व संकलनमा समेत तीव्र गिरावट आएको हो। ८ वटै मालपोत कार्यालयको राजस्व संकलन ओरालो लागेको छ।

माघमा पुसको तुलनामा ८ करोड रुपैयाँले राजस्व संकलन घटेको थियो। फागुनमा माघमा भन्दा २० प्रतिशतले राजस्व घटेको छ। मंसिरयताको ४ महिनामा यी कार्यालयको राजस्व संकलन झन्डै ४० प्रतिशतले घटिसकेको छ।
 
उपत्यकाका ७ मालपोत कार्यालले मंसिरमा १ अर्ब ३ करोड घरजग्गा रजिष्ट्रेसन दस्तुर उठाएका थिए। फागुनमा त्यो ६९ करोड ८६ लाख रुपैयाँमा झरेको हो।
 
उपत्यकामा सबैभन्दा धेरै राजस्व संकलन हुने डिल्लीबजार मालपोतमा सर्वाधिक गिरावट देखिएको छ। फागुनमा उक्त कार्यालयले ११ करोड ४१ लाख रुपैयाँ राजश्व उठाएको छ। माघको तुलनामा यो झन्डै ४० प्रतिशतको गिरावट हो। फागुनमा संकलित राजस्व यो वर्षकै सबैभन्दा न्युन रहेको कार्यालय प्रमुख पद्धनिधी सोतीले जानकारी दिए।
 
बैंकबाट कर्जा प्रवाह नभएपछि वैना कारोबारमा समेत ठूलो गिरावट आइसकेको घरजग्गा व्यवसायी बताउँछन्। अहिले जोसँग हातमा पैसा छ या बैंकबाट पहिल्यै ऋण स्वीकृत गराएका थिए, उनीहरुले मात्र कारोबार गरिरहेको सोतीले बताए। 

पुसको तुलनामा माघमा सामान्य बढेको डिल्लीबजार मालपोत कार्यालयको राजस्व मंसिरको तुलनामा फागुनमा शतप्रतिशतभन्दा धेरैले घटेको छ। घरजग्गा कारोबार उच्च बिन्दुमा पुगेको मंसिरमा उक्त कार्यालयले २४ करोड ७४ लाख रुपैयाँ राजस्व उठाएको थियो। 

लगनखेल मालपोत कार्यालयको राजस्व संकलन फागुनमा ३ करोड रुपैयाँले घटेको छ। कलंकी र भक्तपुर मालपोत कार्यालयको राजस्व पनि २/२ करोड रुपैयाँले घटेको छ। 
 
मनमैजु, साँखु र टोखा मालपोतको राजस्व पनि घटेको छ। ५ करोड रुपैयाँ हाराहारी राजस्व उठाउने यी तीनै कार्यालयमध्ये टोखाको रजिष्ट्रेसन दस्तुतर झन्डै शतप्रतिशतले गिरावट आएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell