PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एल क्लासिको र म्यानचेष्टर डर्बी अमेरिकामा हुने



एल क्लासिको र म्यानचेष्टर डर्बी अमेरिकामा हुने

प्रिसिजन टुर अन्तर्गत आगामी जुलाईमा एल क्लासिको र म्यानचेष्टर डर्बी अमेरिकामा हुने भएको छ।

स्पानिस जायन्ट क्लबहरु बार्सिलोना र रियल मड्रिडबीच दोस्रो पटक स्पेन बाहिर एल क्लासिको हुन लागेको हो भने म्यानचेष्टर युनाइटेड र म्यानचेष्टर सिटी बीच इंगल्याण्ड बाहिर यो पहिलो डर्बी भिडन्त हुनेछ।

वार्षिक रुपमा हुने इन्टरनेशनल च्याम्पियन्स कपअन्तर्गत बार्सिलोना र रियलबीचको खेल मायमीमा जुलाई २९ मा हुनेछ।

यस्तै म्यानचेष्टर डर्बी जुलाई २० मा हुनेछ। खेल स्थल भने टुङ्गो लागिसकेको छैन। गत जुलाईमा युनाइटेड र सिटीबीच चीनको बेइजिङमा हुने भनिएको खेल वर्षाका कारण रद्ध भएको थियो।

यस्तै सिटीले जुलाई २९ मा नेशभिलमा टोटनहमसँग खेल्नेछ भने जुलाई २६ मा रियलसँग खेल्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell