PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

चितवनको कुरिनघाटमा सवारी दुर्घटना, चालकको मृत्यु दुईजना घाइते



पहिलोपोस्ट

चितवनको कुरिनघाटमा सवारी दुर्घटना, चालकको मृत्यु दुईजना घाइते

रत्ननगर : चितवनको दारेचोकस्थित कुरिनघाटनजिकै आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा दुईजना घाइते भएका छन्। 

नारायणगढबाट काठमाडौँ जाँदै गरेको ग २ च ३३६५ नंको बोलेरो पिकअपलाई विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको ट्रकले ठक्कर दिँदा सो दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका बोलेरो चालक धादिङ सिम्लेका २१ वर्षीय किरण तामाङको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ। 

विहान करिब २ बजेतिर साबिक दारेचोक–७ कुरिटघाटमा ट्रकले ठक्कर दिँदा कुखुरा बोकेको बोलेरो सडकबाट ५० मिटर तल त्रिशुली नदी किनारमा पुगेको थियो। 

दुर्घटनामा परी घाइते हुने तनहुँ दमौलीका २० वर्षीय राजेश सुनार र चितवन भरतपुर–१८ का २२ वर्षीय सुरज पोखरेलको अहिले भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको र ट्रकका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell