PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

देउवालाई ओलीको चुनौती : बहसमा आउनुस्, ट्याउँट्याउँ भाषणको अर्थ छैन



पहिलोपोस्ट

देउवालाई ओलीको चुनौती : बहसमा आउनुस्, ट्याउँट्याउँ भाषणको अर्थ छैन

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई बहसमा आउन चुनौती दिएका छन्। 
राजधानीमा मेची महाकाली अभियानका स्वयमसेवक र सहयोगीलाई सम्मान गर्न आयोजित कार्यक्रममा ओलीले एमालेका कारण मुलुक अनिर्णयको बन्दी बनेको देउवाको धारणाको खण्डन गरे। साथै उनले देउवाको टिप्पणी 'अदिना बबुरा' भएको तर्क गरे। 

'नेपाली कांग्रेसका प्रमुख नेताको भनाई हेर्नुभयो भन्ने तर्क कि त अदिना बबुरा हफ। कि त बुझ्दै नबुझेको भन्नुपरो। यतिपनि बुझेको रहेनछ भने अदिना भन्नुपरो। कि त बेइमान भन्नुपर्‍यो', ओलीले भने। 

कांग्रेस सभापति देउवाले गिरिजाप्रसाद कोइरालाको आठौँ स्मृति दिवसको कार्यक्रममा एमालेका कारण मुलुक अनिर्णयको बन्दी बनेको आरोप लगाएका थिए। 

ओलीले देउवाको सो भनाईको खण्डन गर्दै बहसमा आउन चुनौती समेत दिए।

'हामी राष्ट्रिय हितको रक्षा र सम्वद्धन गर्न चाहान्छौँ। राष्ट्रको स्वाभिमान उठाउन चाहान्छौँ। हामी सार्वभौमसत्ता र भौगोलिक अण्डताको कुरा गर्छौँ। यसमा कांग्रेस र माओवादी र अहिलेको सरकार के भन्छ आउ बहस गरौँ', उनले भने, 'हामी भन्न चाहान्छौँ। त्यतिकै भ्रमपूर्ण कुरा गरेर एमालेले गर्दा अनिर्णयको बन्दी भयो.. यस्ता ट्याउँ ट्याउँ भाषणको केही अर्थ छैन। तर्कपूर्ण बहसमा आउन हामी आव्हान गर्दछौँ। ठोस भनाई लिएर आउनुस्।'
 
घेराबन्दी गरियो
ओलीले राष्ट्रिय तथ अन्तराष्ट्रिय रुपमा एकथरी तत्व एमालेलाई एकल्याउ लागेको आरोप लगाए। ओलीले भने 'ओलीलाई एक्ल्याउने भनेर हिँडेका छन्', उनले भने, 'एमालेलाई एक्ल्याउने भनेको राष्ट्रियताको प्रश्न कमजोर बनाउने र सद्भावलाई खलबल्याउने गलत उद्देश्यसँग  जोडिएको छ।'

उनले खेलाडीले मैदानमा विपक्षीलाई आउ आउ भनेर चुनौती दिएजस्तै मुकाबिलालाका लागि आउ आउ गर्नुपर्ने बेला भएको बताए। 

'एमालेलाई घेराबन्दी गर्न खोजिएको छ', उनले भने, 'त्यो किन गर्नपर्‍यो, एमाले मजबुत नभएको भए। अब स्थानीय निर्वाचनमा के होला? एमालेले जित्छ के गर्नुहुन्छ। उहाँहरुले आत्तिएर मोर्चाबन्दी गर्नु भएको हो।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell