PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रज्ञामा मनाइयो विश्व कविता दिवस



पहिलोपोस्ट

प्रज्ञामा मनाइयो विश्व कविता दिवस

काठमाडौँ : विश्व कविता दिवस (२१मार्च) का अवसरमा मङ्गलबार नेपाल प्रज्ञा–प्रतिष्ठानले विशेष कवि गोष्ठीको आयोजना गरेको छ।

कवि गोष्ठीमा चौतीस जना नयाँ तथा पुराना पुस्तका कविहरूले कविता वाचन गरेका छन्। गोष्ठीमा विमल निभा, श्यामल, पुरुषोत्तम सुवेदी, पूर्णविराम, ज्ञानुवाकर पौडेल, विजय सुब्बा, वासुदेव अधिकारी, प्रतिसरा सायमी, विप्लव ढकाल, मोमिला, भीष्म उप्रेती, उमेश राई अकिञ्चन, केबल विनावी, केशव सिलवाल, निभा शाह, रामप्रसाद ज्ञवाली, स्वप्निल स्मृति, हरिहर तिमिल्सिनालगायतका कविले कविता वाचन गरेका थिए।

कवि गोष्ठीका प्रमुख अतिथि प्रतिष्ठानका कुलपति एवम् वरिष्ठ कवि बैरागी काइँलाले समाजसँग प्रत्यक्ष संवाद गर्ने विधा नै कविता भएको धारणा राखे। उनले भने, ‘सामाजिक सद्‍भाव कायम गर्न पनि कविताको अहम् भूमिका रहन्छ।’

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले विश्व कविता दिवस विश्वभरिका कविहरुका लागि भातृत्व, शान्ति र सद्भाव प्रकट गर्ने पर्वका रूप मनाउँदै आएको उल्लेख गरे।

कार्यक्रममा उपकुलपति डा. विष्णुविभु घिमिरेले कविता व्याख्या गर्ने नभएर अनुभूत गर्ने विधा भएको धारणा राखे। उनले भने, ‘आजका कविताहरू सुन्दा यही कुराको पुष्टी हुन्छ।’

कार्यक्रमबारे प्रकाश पार्दै प्रतिष्ठानका काव्य विभाग प्रमुख एवम् कार्यक्रम संयोजक प्राज्ञ डा. अमर गिरीले युनेस्कोले सन् २००० देखि विश्व कविता दिवस मनाउन आरम्भ गरेको उल्लेख गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठान–प्रतिष्ठानले केही वर्ष पहिलेदेखि विश्व कविता दिवस मनाउन थालेको उल्लेख गरे। उनले कविताका माध्यमबाट मानिसको सौन्दर्यात्मक आवश्यकताको पूर्ति, भाषा तथा संस्कृतिको संरक्षण, सद्‍भाव तथा सहिष्णुताको निर्माण गर्न सकिने कुरालाई केन्द्रमा राखेर युनेस्कोले विश्व कविता दिवस मनाउन आरम्भ गरेको चर्चा गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell