PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

डिआइजी प्रकाश अर्यालको रिट आज सर्वोच्चले 'हेर्न नभ्याउने'



डिआइजी प्रकाश अर्यालको रिट आज सर्वोच्चले 'हेर्न नभ्याउने'

काठमाडौं : प्रहरी महानिरीक्षकका लागि आफ्नो योग्यता पनि मूल्यांकन गरियोस् भन्दै सर्वोच्च अदालत पुगेका डिआइजी प्रकाश अर्यालको रिट न्‍यायाधीश हरिकृष्ण कार्कीको इजलासले आज हेर्न नभ्याउने भएको छ।

कार्कीको एकल इजलासमा परेका क्रम संख्या 'क' देखि 'ण'सम्मका रिट आज हेर्न नभ्याइनेको सूचीमा मध्याह्नमै चढिसकेको छ।  उनको रिट 'ढ' क्रमसंख्या (पछाडिबाट दोस्रो) मा थियो। 

आजै प्रधानन्यायाधीश सुशीला कार्कीसहितको पाँच सदस्यीय बृहत् पूर्ण इजलासले आइजी मुद्दामा निर्णय सुनुवाई गर्दैछ। 

यसअघि आइतबार सर्वोच्चले अर्यालको रिट दर्ता गर्न अस्वीकार गरेको थियो।

सरकारले तेस्रो वरियतामा रहेका जयवहादुर चन्दलाई प्रहरी प्रमुखमा नियुक्त गरेपछि उनको नियुक्तिमा प्रश्न उठाउँदै सर्वोच्चमा मुद्दा परेको थियो। अर्का डिआइजी नवराज सिलवालले वरिष्ठता मिचेर नियुक्त गरिएको भन्दै सरकारलाई विपक्षी बनाउँदै सर्वोच्चमा रिट हालेका थिए।

चन्दको नियुक्तिमा मुद्दा परेपछि सर्वोच्चले कार्य सम्पादन मूल्यांकन फाइल माग गरेको थियो।

इन्सपेक्टरमा अब्बल नम्बरसहित आफू नियुक्त भएको र त्यसै अनुसार माथिल्लो पदमा पनि नियुक्त हुँदै गएकाले प्रहरी प्रमुख नियुक्तिमा आफ्नो पनि कार्यसम्पादन मूल्यांकन हुनु पर्ने माग राख्दै अर्याल आइतबार बिहान अदालत पुगेका थिए। तर आइतबार दिनभर दर्ता नभएको रिट भोलिपल्ट सोमबार दर्ता भएको थियो। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell