PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पत्रकार महासङ्घ चितवनको अध्यक्षमा खतिवडा



रासस

रत्ननगर (चितवन) : नेपाल पत्रकार महासङ्घ चितवन शाखाको अध्यक्षमा पत्रकार राधेश्याम खतिवडा निर्वाचित भएका छन्। 

सङ्घको ११औँ अधिवेशनका क्रममा स्वतन्त्र पत्रकार सङ्घका अध्यक्ष सूर्यप्रकाश कँडेललाई पराजित गर्दै संयुक्त प्यानलका उम्मेदवार खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन्। 

खतिवडाले १४५ र प्रतिद्वन्द्वी कँडेलले १९ मत ल्याए। यही चैत ५ गते निर्वाचन भए पनि आज महासङ्घले पूर्ण नामावली सार्वजनिक गरेको हो। प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार सङ्गठन र महासङ्घका तर्फबाट उनीहरुले उम्मेदवारी दिएका थिए। 

यस्तै, महासङ्घको उपाध्यक्षमा नारायण अधिकारी र शान्ता अधिकारी निर्विरोध भएका छन् भने सचिवमा ३५ मत ल्याएका राजु चौधरीलाई हराउँदै तीर्थ नेपाल १३२ मतका साथ निर्वाचित भए। पदाधिकारीमा अध्यक्ष र सचिव पदका लागि निर्वाचन भएको थियो। 

पत्रकारसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले भागबन्डामा उम्मेदवारी दिएका थिए। अध्यक्ष र सचिवमा प्रेस चौतारी, खुला उपाध्यक्ष र एक सहसचिवमा प्रेस युनियन तथा महिला उपाध्यक्ष र कोषाध्यक्षमा प्रेस सेन्टरका प्रतिनिधि विजयी भए। 

सहसचिवमा प्रविण दत्त र सन्तकुमार चौधरी निर्विरोध निर्वाचित भए। यस्तै, महिला सदस्यमा प्रमिता ढकाल, जनजातितर्फ वविलाल तामाङ, दलिततर्फ अमीर रामुदामु र समाबेसीतर्फ रिता ढकाल भगत निर्विरोध चयन भए। 

आठजना कार्यसमिति सदस्य पदका लागि १५ जनाको उम्मेदवारी परेको थियो। प्रतिस्पर्धामा संयुक्त प्यानलबाट उम्मेदवार बनेका आनन्द पोखरेल, उमेश काफ्ले, उर्गेन तामाङ, प्रकाश सिग्देल, प्रस्ताव सुवेदी, राजु थापा, राजु सापकोटा र रुपा बस्नेत निर्वाचित भए। तेइसजना केन्द्रीय र ३१ जना प्रदेशका सभासद् निर्विरोध भएका थिए। केन्द्रीय सभासद्मा छ जना महिला परेका छन्। 

केन्द्रीय सभासद्माा पुरुषतर्फ अनिल ढकाल, कृष्ण गिरी, चिन्तामणि पौडेल, दीपक आचार्य, दीपेन्द्र बढुवाल, नवराज ढकाल, नारायण ढुङ्गाना, वसन्त पराजुली, रामबाबु सुवेदी, विनोद त्रिपाठी, विनोद खतिवडा, विश्वास पौडेल, शालिग्राम नेपाल, शिशिर सिंखडा, सुरेशचन्द्र अधिकारी, हरिप्रसाद पोखरेल र होमनाथ सापकोटा चयन भए। 

महिलातर्फ केन्द्रीय सभासभाषाद्‍मा इन्दिरा दाहाल, चाँदनी हमाल, प्रतिमा सिलवाल, शारदा पौडेल, सविता श्रेष्ठ र सिर्जना अर्याल सर्वसम्मत चयन भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell