PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​२६ दिनपछि तेजाब आक्रमणकारी सार्वजनिक



​२६ दिनपछि तेजाब आक्रमणकारी सार्वजनिक

  • अनन्त कोइराला-
काठमाडौं:  संगीता मगर र सीमा बस्नेतलाई तेजाब आक्रमण गरेको आरोपमा प्रहरीले रामेछाप फुलासीका जीवन विकलाई पक्राउ गरी सार्वजनिक गरेको छ। महानगरीय प्रहरी आयुक्तको कार्यालयले पत्रकार सम्मेलन गरी आक्रमण भएको २६ औँ दिनमा बिकलाई सार्वजनिक गरेको हो।

एसपी मिरा चौधरीको अनुसन्धान टीमले बिकलाई बिहीबार टोखास्थित उनकै डेराबाट पक्राउ गरेको थियो। 

बिकले गत फागुन १० गते रामेछाप खनियापानी गाविस–८ घर भएकी १६ वर्षकी संगीता मगर र रौतहट घर भएकी १५ वर्षकी सीमा बस्नेतमाथि झोँछे स्थित ए प्लस ट्युसन सेन्टरमा तेजाब प्रहार गरेको प्रहरीले जानकारी दिएको छ। 

बिबिएस पढ्दै गरेका बिक पहिला संगीता मगर बसेको घरमा बसेको र संगीतालाई ट्युसन समेत पढाउने गरेको प्रहरीले जानकारी दिएको छ। संगीताको परिवारले आफ्नो अपमान गरेको ठानेर बिकले बदला लिन एसिड आक्रमण गरेको प्रहरीले दाबी गरेको छ। 

'बिकले संगीता माथि पहिला रडले आक्रमण गर्ने सोच बनाएको तर सफल नभएपछि भारतीय च्यानलमा देखे अनुसार एसिड हान्ने योजना बनाएको देखिन्छ,' प्रहरीले भनेको छ- 'पहिला बियरको बोतलमा एसिड किनेको तर प्लास्टिकको बोतलमा सार्ने क्रममा त्यो एसिड नास भएको देखियो।'


प्रहरीले संगीतामाथि बिकले बदला लिन एसिड प्रहार गरेको आशंका गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell