PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'छक्कापञ्जा २' प्रोडक्शनअघि दोस्रोपटक रिलिज डेट तय



पहिलोपोस्ट

'छक्कापञ्जा २' प्रोडक्शनअघि दोस्रोपटक रिलिज डेट तय

काठमाडौं: फिल्म 'छक्कापञ्जा-२' को रिलिज मिति पुन: परिवर्तन हुने भएको छ। फिल्मका निर्माता एवं कलाकारसमेत रहेका दीपकराज गिरीले फेसबुक स्टाटसमार्फत असोज ११लाई नयाँ रिलिज डेट टार्गेट गरेको जानकारी दिएका हुन्। यसअघि उनले भदौ १६ लाई प्रदर्शन मिति घोषणा गरेका थिए।

फिल्मको प्रिप्रोडक्शन वा प्रोडक्शनको काम सुरु हुनुअघि रिलिज मिति तोक्ने ट्रेन्ड बढ्दो छ। तर घोषणा भएको मितिमा फिल्म रिलिज नहुने र तोकिएको भन्दा केही महिनापछि फिल्म सार्वजनिक हुन थालेको छ। फिल्म 'डायरी', 'कृ', 'ग्याङ्गस्टर ब्लुज', 'पर्व' आदि फिल्म रिलिज सार्ने फिल्महरुको लिस्टमा पर्छ।

'छक्कापञ्जा २' को हकमा त फिल्मको नाम पनि टुङ्गो लागेको छैन। कहिले छक्कापञ्जा २ त कहिले छक्कापञ्जा फेरि भन्दै फिल्मबारे जानकारी दिइँदै आइएको छ। फिल्ममा पुरानै क्रु दोहोरिने बताइए पनि मुख्य भूमिकामा रहने एक अभिनेता र एक अभिनेत्री अझै टुङ्गो लागेका छैनन्। नेपाली फिल्मको इतिहासमै सर्वाधिक ग्रस कलेक्शन गरेको फिल्मको रेकर्ड बनाएको फिल्मलाई पुनः दीपाश्री निरौलाले निर्देशन गर्नेछिन्।

फिल्म रिलिज टार्गेट गरे पनि फिल्म युनिट सुटिङका लागि फ्लोरमा भने निस्किएको छैन। फिल्मको जेठ महिनाबाट मात्र प्रोडक्शनको काम सुरु हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell