PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​फोहोर व्यवस्थापनको अवरोध चिर्न ओखरपौवामा सशस्त्र प्रहरीको युनिट: मन्त्रिपरिषद् बैठक



​फोहोर व्यवस्थापनको अवरोध चिर्न ओखरपौवामा सशस्त्र प्रहरीको युनिट: मन्त्रिपरिषद् बैठक

काठमाडौ: सरकारले उपत्यकाको फोहोर उठाउन पटकपटकको अवरोध हटाउन नुवाकोटको ओखरपौवा ल्यान्डफिल्ड साइटमा ससस्त्र प्रहरी राख्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बिहीबा बसेको बैठकले सशस्त्र प्रहरीको युनिट राख्ने निर्णय गरेको हो।

केहिदिन यता राजधानीको फोहोर उठ्न नसकेपछि सरकारले अवरोध चिर्न सुरक्षाकर्मीको परिचालन गर्न लागेको हो।

गत शुक्रबार फोहोर बोकेको ट्रकले स्थानीय बालकलाई ठक्कर दिदाँ ज्यान गएपछि स्थानीयले ट्रक जलाइदिएका थिए। ट्रक जलाएको विरोधमा महानगरका कर्मचारीले सुरक्षा माग गर्दै राजधानीको सडकबाट फोहोर उठाउन बन्द गरेका थिए। साथै उनीहरुले फोहोर ओसार पसार गर्न ठूला सवारी साधनको माग समेत गरेका थिए।

मन्त्रीपरिषद्‍ बैठकले आवश्यक मात्रामा डोजर लगायतका ठूला सवारी साधनको व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ। साथै फोहोर व्यवस्थापनका समस्या हल गर्न मुख्य सचिवलाई संयोजनको जिम्मेवारी दिएको सरकारका प्रवक्ता मिनेन्द्र रिजालले जानकारी दिए।

यसैबीच मन्त्रीपरिषद् बैठकले सुदुर पश्चिम क्षेत्रको विकासका लागि आयोग बनाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्ले संविधानसभा अन्तर्गतको संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति मातहतको वार्ता उपसमितिलाई राय सुझाव दिन गठित कार्यदलको म्याद फागुन मसान्तबाट लागुहुने गरि ४५ दिन थप गर्ने निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell