PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

‘आदिवासी सुन्दरी’को नृत्यमा तालीको साथ



पहिलोपोस्ट

‘आदिवासी सुन्दरी’को नृत्यमा तालीको साथ

काठमाडौं : अर्चना प्रधान ‘शिरैमा शिरबन्दी’ बोलको गीतमा प्रस्तुत हुँदा सबैले तालीले साथ दिए। अर्चनापछि कार्यक्रम उद्घोषकले नग्मा श्रेष्ठको नाम लिए। उनी ‘डाँफेझैं नाच्ने’ बोलको राष्ट्रिय भावनाको गीतमा प्रस्तुत भइन्।
 
‘आदिवासी सुन्दरी’ अर्थात् ‘मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७’ का अधिकांश प्रतियोगीले नेपालीपन झल्काउने गीतमा नै नृत्य गरे।
 
राजधानीको लाजिम्पाटस्थित सम्पदा रिर्सोटमा प्यासिकपिक इभेन्ट एण्ड मेनेजमेन्टद्वारा शनिबार आयोजित ट्यालेन्ट शोअन्तर्गत ‘मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७’ का ४४ जना युवती प्रतिस्पर्धाले आफ्नो प्रतिभा देखाएका हुन्।
 
ट्यालेन्ट राउण्ड तथा प्रि–जजिङ राउण्ड अन्तर्गत प्रतिभा प्रस्फुटन कार्यक्रममा प्रतियोगीले गायन, नृत्य, अभिनय, वक्तृत्वकला लगायतका प्रतिभा देखाएका थिए। यस ट्यालेन्ट राउण्डमा कोरियोग्राफर रोजिन शाक्य, मोडल विपना थापा, उज्वलकृष्ण श्रेष्ठ, तेह्रथुमे ढाका बुटिककी सञ्चालक तथा फेसन डिजाइनर निरु आङ्बुङ, राम मादेन, प्रदीपमान प्रधान, अधिवक्ता लक्ष्मण महर्जन, व्यवसायिक अमरज्योती रञ्जितलगायत निर्णायक रहेका थिए।
 
ट्यालेन्ट राउण्डको नतिजा फाइनलकै दिन घोषणा गरिने आयोजकले जनाएको छ। कार्यक्रमको अन्तिम स्पर्धा आउँदो १४ चैतमा कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुनेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell