PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

लामो समयपछि असिनासँगै हिउँ पर्‍यो, कृषिबालीमा क्षति



रासस

पाँचथर : धेरै वर्षपछि यहाँ हिउँ परेको छ। हिउँ र असिनाका कारण स्थानीयवासीको जनजीवन प्रभावित बनेको छ। असिनाले आलु, तरकारी तथा मकै बालीमा क्षति पुर्‍याएको किसान वताउँछन्।
 
शुक्रबार साँझ जिल्लाको माथिल्लो भेग मेमेङ, प्राङबुङ, पौवासारताप, रानीटार तथा तल्लो क्षेत्र सराङडाँडा, मौवालगायत स्थानमा असिना र हिउँ परेको याङ्नामका पूर्ण जबेगुले बताए। 'अहिलेसम्म हिउँ परेको देखेको थिइनँ, उहिल्यै बाजेले मात्रै हिउँ पर्ने गरेको कुरा सुनाउँथे तर हिजो आफैँले देखेँ,' उनले भने, 'हिउँ मात्रै नभएर हावा हुन्डरीसँगै असिना पानी समेत परेकाले आफूहरुले लगाएको आलु, मकै बाली समेतमा क्षति पुगेको छ।'
 
यस्तै लेकतिर मात्रै हिउँ पर्ने भनिए पनि शुक्रबार बेलुका भने बेँसीतिर पनि परेको छ। जिल्लाको दक्षिणी भेगका सराङडाँडा, मौवा, आङनालगायत क्षेत्रमा हिउँ परेको मौवाका बासिन्दा खड्ग थापाले बताए। 'सायद जलवायु परिवर्तनको असर हो कि के हो, पहिलो पटक हिउँ परेको थाहा पाइयो,' उनले आश्चर्य मान्दै भने।
 
हिउँ परेपछि यस क्षेत्रका बासिन्दा पौवाभन्ज्याङमा हिउँ खेल्न जान थालेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell