PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितलाई अभिनन्दन गरिने



रासस

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितलाई अभिनन्दन गरिने

काठमाडौँ : शङ्कर लामिछाने प्रतिष्ठानले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितलाई चैत ५ गते अभिनन्दन गर्ने भएको छ।
 
दीक्षितले नेपाली भाषा, साहित्यको समुन्नतिमा ठूलो योगदान गरेको भन्दै सो प्रतिष्ठानले विशेष कार्यक्रम गरी कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा अभिनन्दन गर्न लागेको हो।
 
यस वर्षको ‘शङ्कर लामिछाने निबन्ध पुरस्कार’ वरिष्ठ साहित्यकार बालकृष्ण पोखरेललाई प्रदान गरिने निर्णय गरिएको पनि प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले जानकारी दिए।
 
‘शङ्कर लामिछाने युवा निबन्धकार पुरस्कार’बाट नियात्राकार दामोदर पुडासैनीलाई सम्मान गरिनेछ। दीक्षितलाई अभिनन्दन गरिने सोही दिन ती पुरस्कार वितरण गरिने प्रतिष्ठानले जनाएको छ।
 
वरिष्ठ निबन्धकार शङ्कर लामिछानेको स्मरणमा स्थापना गरिएको सो प्रतिष्ठानले नेपाली भाषा तथा साहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान गरेका साहित्यकारलाई अभिनन्दन तथा पुरस्कारबाट सम्मान गर्ने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell