PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

एसीसी इमर्जिङ कप : ज्ञानेन्द्रको कप्तानीमा नेपाली टोली घोषणा, ३ नयाँ अनुहार



पहिलोपोस्ट

एसीसी इमर्जिङ कप : ज्ञानेन्द्रको कप्तानीमा नेपाली टोली घोषणा, ३ नयाँ अनुहार

काठमाडौं : बंगलादेशमा यही मार्च २५ देखि सुरु हुने एसीसी इमर्जिङ टिम्स कपका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ।

बुधबार घोषणा गरिएको नेपाली टोलीमा ३ नयाँ अनुहारले स्थान पाएका छन् भने सिनियर खेलाडीहरु बसन्त रेग्मी, शक्ति गौचन र सोमपाल कामीलाई आराम दिइएको छ।

मोहम्मद आसिफ शेख, दीलिप नाथ र दीपेश श्रेष्ठले १५ सदस्यीय टोलीमा स्थान बनाएका हुन्। यस्तै भुवन कार्की र सुशन भारीले पनि टोलीमा कमब्याक गरेका छन्।

दीलिप डब्लुसिएल अन्तर्गत केन्या विरुद्ध खेल्ने टोलीको वैकल्पक सद्यमा थिए भने आसिफ अन्तिम १९ भित्र अटाएका थिए। यस्तै दीपेश २४ सदस्यीय टोली भित्र परेका थिए। भुवन पनि केन्या विरुद्धको टोलीमा वैकल्पिकमै थिए। 

आइसिसी प्रतिनिधि भेनकटापति राजु, नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा तथा पारस खड्का र ज्ञानेन्द्र मल्ल सम्मिलित छनोट समितिले नेपाली टोलीको छनोट गरेको हो।

यसअघि नै नियममित कप्तान पारस खड्काले अस्वस्थताका कारण बंगलादेशमा खेल्न नजाने बताएका थिए। उनको अनुपस्थितीमा नेपालको कप्तानी ज्ञानेन्द्र मल्लले सम्हाल्नेछन्। यस्तै नेपाली टोलीको उपकप्तानमा शरद भेषावकर छन्।

गत शनिबार र सोमबार डब्लुसिएल अन्तर्गत घरेलु मैदानमा केन्यासँग भएको दुवै खेलमा ज्ञानेन्द्रले नै नेपालको कप्तानी गरेका थिए। डब्लुसिएल खेल्ने टोलीमा रहेका १० खेलाडीले भने टीममा स्थान बनाएका छन्।

यसैगरी वैकल्पिक खेलाडीमा कुशल भुर्तेल, सुशिल कँडेल, जितेन्द्र मुखिया र राजेश पुलामी मगर रहेका छन्।

अप्रिल ४ सम्म हुने इमर्जिङ टिम्स कपमा एसियाका टेष्ट खेल्ने चार राष्ट्र भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका यू-२३ टिमसँगै नेपाल, अफगानिस्तान, हङकङ र मलेसियाले सहभागिता जनाउनेछन्।

नेपाली टोलीको बन्द प्रशिक्षण आगामी आइतबारबाट सुरु हुने टेक्निकल एनालिस्ट रमन शिवाकोटीद्वारा जारी विज्ञप्तीमा जनाइएको छ।

नेपाली टोली
ज्ञानेन्द्र मल्ल - कप्तान
शरद भेषावकर - उपकप्तान
विनोद भण्डारी
सागर पुन
मोहम्मद आरिफ शेख
मेहबुब आलम
दीपेन्द्र सिंह एरी
सन्दीप लामिछाने
मोहम्मद आसिफ शेख
अभिनास कर्ण
सुनिल धमला
भुवन कार्की
सुशन भारी
दीपेश श्रेष्ठ
दीलिप नाथ
 
वैकल्पिक खेलाडी
कुशल भुर्तेल
सुशिल कँडेल
जितेन्द्र मुखिया
राजेश पुलामी मगर
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell