PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

चुच्चेपाटीको 'नक्कली भूकम्पपीडित' शिविरमा चल्यो डोजर, हेर्नुस् २० फोटोमा

चुच्चेपाटीको 'नक्कली भूकम्पपीडित' शिविरमा चल्यो डोजर, हेर्नुस् २० फोटोमा

सविन ढकाल/पहिलोपोस्ट


काठमाडौं : काठमाडौंको चुच्चेपाटीस्थित ताराचौरमा बस्दै आएका भूकम्पपीडितको अस्थायी टहरा प्रशासनले मंगलबार हटाएको छ।
 
२०७१ वैशाख १२ को विनाशकारी भूकम्पपछि यहाँ करिब दुई सय परिवार बस्दै आएका थिए। सरकारले उनीहरुलाई आफ्नै ठाउँमा पुनर्वासका लागि राहत रकम दिइसकिएकाले टहरा हटाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख हिमनाथ दवाडीले बताए। 'चुच्चेपाटीमा पीडितभन्दा गैरपीडित बढी भए, संख्या बढ्दै जाँदा अभद्र गतिवधि बढेकाले टहरा हटाइएको हो,' उनले भने।
 
नजिकै रहेको हेलम्बु यातायातको बसपार्कका कारण पनि चुच्चेपाटी शिविरको दुरुपयोग हुँदै आएको थियो। बसपार्कलाई लक्षित गरी पीडितका लागि बनाइएको टहरामा होटल र पसल खुल्ने क्रम बढ्दो थियो। बिनालगानी र टहरामा व्यापार व्यवसाय गर्न पाइने भएपछि मासु पसलदेखि भट्टीसम्म शिविरभित्रै खुलेका थिए।

शिविरमा डोजर चल्दै गर्दा दीपेन श्रेष्ठले यसरी फोटो खिच्न भ्याए- 

सम्बन्धित समाचार पढ्नुस्: ​परकम्पले छोड्यो, ‘पीडित’ले छाडेनन्, अझै भरिभराउ छ राजधानीको एउटा शिविर

 
 


ट्रेन्डिङ पोस्ट

Ncell