PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एमालेको अवरोध गर्ने चेतावनी पछि चार पटकसम्म स्थगित हुँदा पनि बस्न सकेन आज संसदको बैठक



एमालेको अवरोध गर्ने चेतावनी पछि चार पटकसम्म स्थगित हुँदा पनि बस्न सकेन आज संसदको बैठक

काठमाडौँ : स्थानीय तहको संख्या थप गर्ने सरकारको निर्णयको विरोधमा संसद चल्न नदिने बताएपछि व्यवस्थापिका संसदको आज बस्नुपर्ने बैठक बस्दै नबसी भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। 

आज बिहान ११ बजे बस्नुपर्ने बैठक दलहरुबीच छलफल जारी रहेको भन्दै सुरुमा दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो। त्यतिबेला प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बसेको थियो। 

त्यसलगत्तै मन्त्रिपरिषद्को अन्तिम बैठक बस्यो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले संसदमा सम्बोधन गर्दै राजीनामा दिने जानकारी दिएका थिए। 

संसदको बैठक दोस्रो पटक दिउँसो ३ बजेका लागि डाकियो। 

तर एमाले संसद चल्न नदिने अडानमा कायमै थियो। समस्या समाधानका लागि सभामुख ओनसरी घर्तीले प्रमुख तीन दलको बैठक डाकिन्। तर एमाले अध्यक्ष केपी ओलीले बैठक चल्न नदिने अडान कायम राखे र पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी हुन नयाँ बानेश्वर तिर लागे। 

बैठक तेस्रो पटक साँझ ५ बजेसम्मका लागि स्थगित भयो। 

पत्रकार सम्मेलनबाट फर्किएका ओली पुनः सभामुखले डाकेको बैठकमा सहभागी भए। तर संसद चलाउनेमा सहमति हुन सकेन। 

त्यसपछि संसद बैठक चौथो पटक सूचना टाँस गरेर भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरियो। 

संसदको बजेट अधिवेशन हिजो सोमबारदेखि सुरु भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell