PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

शिखरको ‘अवतार’ चैतको अन्तिम सातासम्ममा



पहिलोपोस्ट

शिखरको ‘अवतार’ चैतको अन्तिम सातासम्ममा

काठमाडौं : लेखक तथा पत्रकार शिखर घिमिरेको उपन्यास 'अवतार' प्रकाशन हुने भएको छ। सामाजिक सञ्जालमा बिहीबार भएको 'लाइभ कन्भर्सेसन विथ शिखर अन अवतार' कार्यक्रममार्फत उपन्यास चैतको अन्तिम सातासम्ममा आउने घोषणा गरिएको हो। 

फेसबुक लाइभ कुराकानीको क्रममा घिमिरेले लेखक तथा पत्रकार राजेन्द्र पराजुलीसँग भने, 'मैले यो उपन्यासमा नयाँ प्रयोग गरेको छु, सामाजिक–राजनीतिक विषयमा आधारित उपन्यास भएकाले यसले पाठकहरुबाट न्यानो सत्कार पाउनेमा विश्वस्त छु।'
 
नेपाली उपन्यास लेखन पछिल्लो समय मनोटोनस भएको हो भन्ने पराजुलीको प्रश्नमा घिमिरेले जवाफ दिए, 'पक्कै पनि। अहिले नेपाली उपन्यास लेखनमा नयाँ प्रयोग गरिएको छैन, ५० को दशकमा जस्तो लेखनलाई प्राथमिकता दिइएको थियो, यतिका वर्षपछि पनि नेपाली लेखकहरु त्यही प्रक्रिया दोहोर्‍याइरहेका छन्। त्यसैले हाम्रो साहित्य अन्तर्राष्ट्रिय स्तरमा विकास हुन सकेको छैन। तर, यसो भन्दै गर्दा अहिले केही लेखिएको छैन भन्ने पनि होइन।'
 
पराजुलीले गरेको अर्को प्रश्न थियो– 'पाठकले उपन्यासको भीडमा आएको अवतार किन पढ्ने?' शिखरले जवाफमा भने, 'किनकि मैले उपन्यासमा प्रयोग गरेको छु, जुन अहिलेको पाठकलाई पठनमा राम्रो खुराक हुनसक्छ। साथै लेखन र कल्पनामा कति राम्रो प्रयोग गर्न सकिन्छ भन्ने थाहा पाउन पनि यसलाई अध्ययन गर्नु आवश्यक रहेको उनले बताए।
 
'म जीवन लेखेर उपन्यास हो भन्ने कुरामा विश्वास गर्दिनँ। दुःखालाप, आत्मालाप र यौनालाप उपन्यासका विषय हुनु हुँदैन, उपन्यासमा त प्रयोग हुनुपर्छ, उनले थपे।'

उपन्यासको प्रकाशन फिनिक्स बुक्सले गर्न लागेको  हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell