PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेपाल र केन्याबीचको खेलका लागि त्रिवि मैदानमा यस्तो तयारी, ९ फोटोमा

नेपाल र केन्याबीचको खेलका लागि त्रिवि मैदानमा यस्तो तयारी, ९ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्याविरुद्ध घरेलु मैदानमा हुने पाँचौ चरणको दुई खेलमा लागि कीर्तिपुरस्थित त्रिवि मैदानको तयारी लगभग पूरा भएको छ।
 
नेपाल र केन्याबीच आउँदो शनिबार र सोमबार ५० ओभरको खेल हुँदैछ। मैदान सम्याउने र पानी राख्ने काम बिहीबार पनि गरिएको छ। अब मैदानलाई अन्तिम स्वरुप दिन बाँकी छ।
 
गत वर्ष वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिबिया विरुद्धको खेलपछि नेपालले घरेलु मैदानमा पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। यसबीचमा विभिन्न घरेलु प्रतियोगिताहरु भएका थिए।
 
नेपाल क्रिकेट संघ (क्यान) आइसिसीको निलम्बनमा रहेका कारण आइसिसीकै समन्वयमा नेपाल र केन्याबीचको खेल हुन लागेको हो। ८ टोली सम्मिलित च्याम्पियनसिपमा नेपाल छैटौं तथा केन्या पाँचौ स्थानमा छ। शीर्ष चारमा रहँदै बंगलादेशमा अर्को वर्षा हुने आइसिसी वान डे वर्ल्ड कप क्वालिफायरमा छनोट हुन दुवै टोलीका लागि यस खेल महत्वपूर्ण हुनेछ।
 
नामिबिया विरुद्धको खेलमा सुरक्षाको कमीकमजोरी देखिएपछि यसपटक केन्याविरुद्धको खेलका लागि सुरक्षाको समेत विशेष तयारी रहेको छ।


ट्रेन्डिङ पोस्ट

Ncell