PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पत्रकार महासंघ बैतडी शाखाको अध्यक्षमा भाट



पहिलोपोस्ट

पत्रकार महासंघ बैतडी शाखाको अध्यक्षमा भाट

बैतडी : नेपाल पत्रकार महासंघ शाखा बैतडीको छैटौँ अधिवेशनले प्रेमसिंह भाटको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन गरेको छ। सोमबार सम्पन्न जिल्ला शाखाको अधिवेशनबाट भाट सर्वसम्मतरुपमा अध्यक्षमा चयन भएका हुन्।
 
दुई उपाध्यक्षमा अमर भट्टराई र लक्ष्मी बिजले सर्वसम्मत चयन भएका छन्। यस्तै छैटौँ अधिवेशनबाट सचिवमा नरि बडु र सह-सचिवमा मिलनप्रकाश ढुङ्गाल निर्विरोध निर्वाचित भएका छन्।
 
त्यस्तै नयाँ कार्यसमितिको समावेशी सह-सचिवमा सुरत पार्की चयन भएका छन्। समितिको कोषाध्यक्षमा चन्द्रकान्त अवस्थी निर्विरोध निर्वाचित भएका छन्। अधिवेशनले सदस्यहरुमा घनश्यामसागर पन्त, बसन्ती भट्ट, कविता बोहरा, धनबीर सार्की, चन्ददेव जोशी, अर्जुनबहादुर कुवँर, मोहनबहादुर चन्द र धनबहादुर भाटलाई सर्वसम्मत चयन गरेको छ।
 
अधिवेशनको बन्द सत्रपछि सुरुमा प्रेस सेन्टर नेपाल र प्रेस चौतारीको संयुक्त प्यानल र प्रेस युनियन चुनावमा उत्रिएका थिए। तर दुई समूह चुनावमा उत्रिएर नोमिनेसन दर्ता भइसकेपछि सहमति जुटेको थियो। अधिवेसनले जिल्ला कार्यसमितिसँगै १२ प्रदेश पार्षद् र ९ केन्द्रीय पार्षद् चयन गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell