PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

फेसबुकले अब टिभीसित टक्कर लिने, आधा घण्टाको सिरियल ल्याउने योजना



पहिलोपोस्ट

फेसबुकले अब टिभीसित टक्कर लिने, आधा घण्टाको सिरियल ल्याउने योजना

लाइभ फिचरको सफलतापछि अब फेसबुकले थुप्रै सेगमेन्टमा ओरिजिनल टिभी कार्यक्रम बनाउने योजना बनाउँदै छ। यसका लागि फेसबुकले ठूलो लगानी गर्ने भएको छ।  

वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार फेसबुकले अब धेरै किसिमका ओरिजिनल सो बनाउने छ जसमा खेलदेखि लिएर साइन्स, पप कल्चर, लाइफस्टाइल, गेमिङ समावेश हुनेछन्।

फेसबुक विकलीले सिरियल्स र सोको प्रसारण गर्नेछ। जसको समय आधा घण्टासम्म रहनेछ। सोसियल नेटवर्किङ फेसबुक यसको लागि ठूलो रकम दिनको लागि तयार भएको छ। यो रकम हरेक एपिसोडमा ६ अंकको रकमसम्म हुन सक्ने देखिन्छ। 

यस रिपोर्टमा फेसबुक अब समाचार प्रशारण गर्नबाट टाढा रहने पनि जनाइएको छ। 

अमेरिकी राष्ट्रपतिको चुनावका क्रममा फेसबुकमाथि लिबरल पार्टीको समर्थनमा र कञ्जरभेटिभ पार्टीको विरोधमा समाचार प्रशारण आरोप लागेको थियो।

साथै यही क्रममा फेसबुकलाई फेक न्युज प्रशारण गरेको आरोप पनि लागेको थियो।

यी घटनापछि पछिल्लो केही महिनादेखि फेसबुकले धेरै सुधारात्मक कदम चालेको छ।  जसमा समाचारलाई लिएर मान्छेमा जागरूकता पैदा गर्नु, गलत समाचार र वास्तविक समाचारमा भिन्नता पाउनुदेखि लिएर फेसबुकमाथि धेरै टुल्स समावेश गरिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell