PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

यौन र महिलाको चर्चाका कारण फिल्मले प्रदर्शन अनुमति पाएन



पहिलोपोस्ट

यौन र महिलाको चर्चाका कारण फिल्मले प्रदर्शन अनुमति पाएन

बलिउड फिल्म 'लिपस्टिक अंडर माइ बुर्का' युनिट भारतमा प्रदर्शन अनुमति पत्रको माग गर्दै सेन्सर बोर्डसँग जुधिरहेको छ। सेन्सर बोर्डले फिल्ममा यौन र महिलाको चर्चा बढी भएको कारण प्रदर्शन अनुमति नदिएको बताएको छ।

बिबिसी हिन्दीले जनाए अनुसार फिल्म प्रदर्शनमा रोक लगाउनुको यिनै कारणा बताउँदै निर्देशक अलंकृता श्रीवास्तवालाई बोर्डबाट पत्र पठाइएको हो।

द सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेशनले 'लिपस्टिक अंडर माइ बुर्का'मा गाली गलौज र मुस्लिम समुदाय विशेष धार्मिक संवेदनाशिलतामा प्रहार गरेको जनायो।

कोन्कणा सेन शर्मा, आहना कुम्रा, प्लाबिता बोरठाकुर र रत्ना शाह पाठकको सो फिल्म भारतमा प्रदर्शन नहुने भयो। फिल्मको प्रिमियर भने टोक्योमा भैसकेको छ। त्यस्तै विभिन्न अन्तराष्ट्रिय अवार्ड समेत जितिसकेको फिल्मले केही हप्ता अघि मात्र 'ग्लास्गो फिल्म अवार्ड'मा अडियन्स अवार्ड हात पार्यो।

सेन्सर बोर्डले दिएको स्पष्टिकरण विरुद्ध बोल्दै निर्देशक अलंकृताले भनिन्,'सेन्सर बोर्ड वैकल्पिक सोचसँग सहमत हुन सक्दैन। महिलाको दृष्टिकोणसँग पनि डराए जस्तो लाग्छ किनकी यहाँ जीवनलाई पुरुषको आँखाबाट मात्र हेरिन्छ। तर मेरो फिल्ममा त हरेक विषयलाई चार महिलाको दृष्टिकोणबाट हेरिएको छ।'

बुर्का भित्र लिप्स्टिक लुकाए जस्तै आफ्नो सपना लुकाएर राख्ने महिलाको प्रतिनिधित्व गर्ने फिल्म रहेको निर्देशकको तर्क छ। भनिन्,'साना सहरका महिला जो दबिएर बसेका छन् तिनीहरुलाई फिल्मले देखाएको छ।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell