PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

शान्ति र समृद्धिका लागि एसियामा नेपाल फैलाउँदै १३ युवा



पहिलोपोस्ट

शान्ति र समृद्धिका लागि एसियामा नेपाल फैलाउँदै १३ युवा

काठमाडौं : संयुक्त युवा संगठनले शान्ति र सम्मृद्धिका लागि युवाहरुलाई एसिया भ्रमणमा लैजाने भएको छ। भ्रमणमा १३ युवा सहभागी हुने छन्। ती युवाले मलेसिया, सिंगापुर, थाइल्यान्ड, इन्डोनेशिया र कम्बोडियाको भ्रमण गर्नेछन्। युवा टोलीको नेतृत्व संगठनका अध्यक्ष दिबाकरबाबु भट्टराईले गर्ने भएका छन्।
 
नेपाल पर्यटन बोर्ड, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), स्कलर प्लानेट, बोन ट्राभल्स एन्ड टुर्स, युथ युनेस्को क्लब, पाथीभरा देवी ट्राभल्स एण्ड कार्गो, खुशी कन्सल्टेन्सी र ग्यास्ट्रो पबले यो भ्रमणलाई सहयोग गरेका छन्।
 
भ्रमणमा जानेहरुमा संगठनका अध्यक्ष दिबाकरबाबु भट्टराई, बिनोद कुमार सिंह, गणेश मल्ल ठकुरी, सचिन अधिकारी, बिनोद पुन, अल्जिना राउत, रिता श्रेष्ठ, शुकबहादुर दमाई, ललित नेपाली, सपना सिमल, दिनेशकुमार लो, सम्झना परियार, अस्मिता लामिछाने, उमेशकुमार श्रेष्ठ छन्।
 
फागुन २४ गतेबाट शुरु हुने यो १४ दिने यो भ्रमण मलेसियाबाट सुरु भएर चैत ८ गते थाइल्यान्डमा पुगेर सकिने संस्थाका अध्यक्ष भट्टराईले जानकारी दिए। भ्रमणका क्रममा युवाहरुलाई सम्बन्धित देशका विश्वविद्यालयका पदाधिकारी, त्यहाँका युवा तथा गैरआवासीय नेपाली संघका प्रतिनिधिलगायत छलफल पनि हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell