PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेपाल पत्रकार महासंघ पर्साको अध्यक्षमा श्याम बन्जारा निर्वाचित



पहिलोपोस्ट

नेपाल पत्रकार महासंघ पर्साको अध्यक्षमा श्याम बन्जारा निर्वाचित

वीरगन्ज : नेपाल पत्रकार महासंघ पर्साको अध्यक्षमा पुनः श्याम बञ्जारा २० मत बढी ल्याएर विजयी भएका छन्। प्रेस चौतारीका बन्जाराले ६७ मत तथा उनका प्रतिद्वन्द्वी प्रेस युनियनका अशोक तिवारीले ४७ मत प्राप्त गरे। 

त्यसैगरी उपाध्यक्षमा अनुप तिवारी, महिला उपाध्यक्ष मायामितु न्यौपाने निर्वाचित भएका छन्। सचिवमा युवराज खड्का, सहसचिव खुल्ला तर्फ नीलिमा पौडेल विजयी भइन्। त्यसैगरी सहसचिव समावेशीतर्फ आरके पटेल, कोषाध्यक्षमा भूषण यादव निर्वाचित भए।

सदस्यमा मनोज पटेल, सुषमा शर्मा, सञ्जीव मिश्रा, प्रणय कुमार, पुष्पराज तिम्लिसिना, सफल खतिवडा, जियालाल साह र अमित अग्रवाल विजयी भएका छन्। 

केन्द्रीय सभासद्मा गोविन्द देवकोटा, लालबाबु शेख, शत्रुघ्न नेपाल, ध्रुव साह, महेशचन्द्र गौतम, केसी लामिछाने, महेश दास, दिपेन्द्र चौहान विजयी घोषित भए।

बराबर ५३ मत ल्याएका विजय भण्डारी र रितेश त्रिपाठी मध्ये एक जनाको गोलाप्रथाबाट निर्णय गरिने प्रमुख निर्वाचन आयुक्त जगदीश प्रसाद शर्माले बताए। तीन केन्द्रीय महिला सभासदहरुमा सीमा श्रीवास्तव, रसना ढकाल र लक्ष्मी खरेल सोमबार नै निर्विरोध निर्वाचित भइसकेका छन्। साथै, महासंघको कार्यसमितिका जनजातितर्फ पुष्प घलान र दलित सदस्यतर्फ विनोद परियार पनि निर्विरोध निर्वाचित भइसकेका छन्।

प्रदेश सभासद्मा वृजलाल पासवान, कृष्ण उदास खनाल, छठु साह, जगत राईं, प्रताप श्रेष्ठ, शशी विचित्र, जितेन्द्र साह, निरञ्जन मिश्र, कन्हैया गुप्ता, प्रकाशकुमार तिवारी, उदयकुमार दास, शिवशड्ढर साह, विरेन्द्र साह हिटलर, सुरेश बिडारी, अमितकुमार साह निर्वाचित भएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell