PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

​ओप्पोको मोबाइल फोटोग्राफीमा छलाङ, 'विश्वकै पहिलो फाइभ एक्स डुअल क्यामरा जुम प्रविधि' सार्वजनिक



पहिलोपोस्ट

​ओप्पोको मोबाइल फोटोग्राफीमा छलाङ, 'विश्वकै पहिलो फाइभ एक्स डुअल क्यामरा जुम प्रविधि' सार्वजनिक

काठमाडौं : मोबाइल फोटोग्राफीमा अग्रणी ओप्पोले 'फाइभ एक्स डुअल क्यामरा जुम प्रविधि' सार्वजनिक गरेको छ।मोबाइल वर्ल्ड कंग्रेस २०१७को अवसरमा कम्पनीले यो प्रविधि सार्वजनिक गरेको हो।

कम्पनीले प्रदर्शित गरेको यो पेरिस्कोप स्टाइल डुअल क्यामेरा, स्मार्टफोनका लागि संसारकै पहिलो हो ।यो प्रविधिले स्मार्टफोनमा पाँच गुणा ‘लसलेस’ जुम क्षमता उपलब्ध गराउँने कम्पनीको दाबी छ । बजारमा उपलब्ध २ गुणा जुम फन्सन उपलब्ध गराउने स्मार्टफोनका लागि यो चुनौतीपूर्ण हुने कम्पनीको दाबी छ।


नयाँ प्रविधिमार्फत उपभोक्ताले शक्तिशाली जुम फन्सनका साथै अभुतपूर्व ईमेज स्टेबलाइजेशन क्षमताको मज्जा लिन सक्ने कम्पनीले जनायो। कम्पनीले फोनको पातलोपन तथा स्लिक डिजाइनलाई समेत निरन्तरता दिएर यो प्रविधि प्रयोगमा ल्याउने जनाएको छ। 

पेरिस्कोप स्टाइल डुअल क्यामेरा प्रविधिको विकासका लागि कम्पनीले झण्डै एक बर्षको समय खर्चेको छ । हाल यो प्रविधिका लागि ५० भन्दा बढी प्याटेन्ट दर्ता भइसकेको छ ।


‘फाइभ एक्स डुअल क्यामेरा जुमले स्मार्टफोन फोटोग्राफीको क्षेत्रमा नयाँ सम्भावनाको ढोका खुल्ला गरेको छ’,  ओप्पाको उपाध्यक्ष तथा ईन्टरनेशनल मोबाइल बिजनेशका प्रबन्ध निर्देशक स्काइ लीले भने ‘साथै, नयाँ प्रविधि उपभोक्तालाई तिनको आवश्यकता र चाहना अनुसार उत्कृष्ट र आकर्षक तस्विर लिन सघाउने हाम्रो प्रतिबद्धताको प्रतिबिम्ब पनि हो ।’
 
फाइभ एक्स डुअल क्यामेरा जुम प्रविधि पनडुब्बी (सबमेरिन)को पेरिस्कोपमा आधारित सोच भएको कम्पनीको दाबी छ । डुअल क्यामेरामा वाइड एङ्गल र टेलिफोटो लेन्सहरुको प्रयोग गरिएको छ । 

टेलिफोटो लेन्सका लागि पेरिस्कोप आकारको संरचनाको प्रयोग गरिएको कम्पनीले जनायो । टेलिफोटो लेन्सको कोणलाई ९० डिग्रि सार्दा लेन्सलाई डिप जुमका लागि पर्याप्त स्थान उपलब्ध हुने कम्पनीले जनायो ।

पेरिस्कोप स्टाइल प्रिजमले क्यामेरामा प्रवेश गर्ने प्रकाशको दिशालाई ९० डिग्रिको कोणमा निर्देशित गर्ने जनाउँदै कम्पनीले  प्रयोगकर्ताले कुनै विषयमा केन्द्रित भई जुम गरेमा टेलिफोटो लेन्स मार्फत प्रवेश गराउने कम्पनीले जनायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell